चितवनका अस्पतालमा एकैदिन १७ संक्रमितको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनका अस्पतालमा बुधबार एकैदिन १७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सबै संक्रमित चितवन बाहिरका हुन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार नवलपरासीका ६ जना, मकवानपुरका २ जना, रौतहटका २ जना र पाल्पा, गोर्खा, तनहुँ, गुल्मी, दाङ, रुपन्देही र सर्लाहीका एक÷एक जना संक्रमितको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा २, चितवन मेडिकल कलेजमा ११ जना र पुरानो मेडिकल कलेजमा ४ जना संक्रमितको मृत्यु भएको हो ।

यसअघि जेठ ५ गते एकैदिन २० जना संक्रमितको मृत्यु भएको थियो । यसअघि अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या घट्दै गएकोमा बुधबार एकैदिन १७ जनाको मृत्यु भएको हो ।

जेठ लागेपछि जिल्लाका अस्पतालहरुमा भर्ना भएका संक्रमितको संख्या घट्दो छ । विभिन्न अस्पतालहरुमा गरी बुधबार ३४४ जना संक्रमित उपचाररत छन्् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया