चितवनमा संक्रमण उस्तै, मृत्युदर घट्दो

अन‌ि यो पनि

भरतपुर । चितवनमा कोरोनाको संक्रमण लगभग एकैनाशको देखिन्छ । अघिल्लो दिन नयाँ संक्रमितको संख्या घट्दा अर्काे दिन बढेको देखिन्छ । जिल्लाका नयाँ संक्रमितको तथ्यांकको ग्राफले यस्तो देखाउँछ ।

जेठ लागेयता नयाँ थपिने संक्रमितको संख्या तलमाथि भइरहेको छ । जेठ ५ गते अघिको तुलनामा भने संक्रमण दरमा केहि कमि आएको जस्तो देखिएको छ ।

जेठ १ देखि १८ गतेसम्मको अवधिमा दुई हजार ७८३ जना संक्रमित थपिएका छन् । यस अवधिमा ५९ संक्रमितको मृत्यु भइसकेको छ । जेठ १० गतेपछि संक्रमितको मृत्युदरमा केहि कमी आएको छ ।

जेठ १० गते चितवनका सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार त्यस दिन जिल्लाका ७ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया