युनिलिभर र नेपाली सेनाद्धारा धौलागिरी हिमालको फोहर संकलन र प्रशोधन

अन‌ि यो पनि

भरतपुर । नेपाली सेनासँगको सहकार्यमा युनिलिभर नेपालले धौलागिरी हिमालको फोहोर संकलन तथा प्रशोधन गरेको छ । युनिलिभर नेपालले ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धता अनुसार ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको हो ।

फोहरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहदै आएको छ । जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुहरूको असमायिक मृत्युको कारक बनिरहेकोे छ । त्यसले हिमालहरूको सुन्दरतालाई नष्ट पार्नुका साथै विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिए ।

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएका सन्देश वाचन गरिएको थियो । ‘प्राकृतिक संसार हराउँदै गएको छ र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ । यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन । यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो’ सन्देशमा भनिएको छ ।

उक्त अभियानअन्तर्गत धौलागिरी हिमालबाट ५०२० किलो फोहोर संकलन गरिएकोमध्ये कुहिने ३०० किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने चार हजार ७२० किलो फोहर पुनःप्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ ।

युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया