चौधरी उद्योगको वियर प्लाण्टमा आगलागी (हेर्नुहोस् चार तस्वीर)

अन‌ि यो पनि

नवलपरासी, १९ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार अचानक आगलागी भएको छ ।

विहान साढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । वियरको गोदाममा बढी क्षति भएको छ ।

आगलागीबाट करोड बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ तथापि आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण यकिन हुने गिरीले बताए ।

आगो नियन्त्रणको प्रयास भईरहेको छ । ५ वटा दमकल, डेढ सयको संख्यामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारखानाका कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया