सपना भिलेजद्धारा मुसहर समुदायलाई खाद्य सामाग्री

अन‌ि यो पनि

रत्ननगर । सरकारले जारी गरेको निषेधाज्ञाका कारण जीवनयापनमा समस्या झेल्दै आएका रत्ननगरका मुसहर समुदायलाई बुधवार राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले वडा नं ७ मालपुरमा रहेको मुसहर बस्तीका ४५ घरघुरीलाई खाद्यान्न वितरण गरेको हो । प्रतिपरिवार १५ किलोचामल, २ किलो दाल, नुन एक प्याकेट, एक प्याकेट तेल र माक्स वितरण गरिएको हो ।

बस्तीमै आयोजित कार्यक्रममा इम्प्याक्टका अध्यक्ष धु्रव गिरी र वडा सदस्य भगन्ती माझीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मुसहर समुदायमा भोकमरी लाग्ने सम्भावना देखिएपछि १५ दिनका लागि खाद्यान्न सहयोग गरिएको अध्यक्ष गिरीले बताए ।

वडा सदस्य माझीले निषेधाज्ञाका कारण गाउँघरमा काम पाउन छाडेपछि मुसहरको चुलोमा आगो नबल्नै अबस्था आइसकेको बताइन । तीन दिन अघि इम्प्याक्टले वडा नं ८ का अति विपन्न ९५ घरपरिवारलाई प्रतिपरिवार ३० किलो चामल, दान, नुन, तेल, माक्स र साबुन वितरण गरेको सपना भिलेजका म्यानेजर नारायण पुरीले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि सपना भिलेजले भरतपुर, रत्ननगर अस्पताल र इच्छाकामनाको आइसोलेशनका लागि अक्सिजन सहितको सिलिण्डर, रत्ननगरका संक्रमित बोक्ने गाडी र जिल्लाका पत्रकारहरुलाई समेत स्वास्थ्य सामागी उपलब्ध गराएको छ ।

कोरोनाको पहिलो लहरमा सपना भिलेजले अति विपन्न परिवारलाई राहत र लक्षित बर्गलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...