चितवनमा निषेधाज्ञा थपिएपछि सामाजिक सञ्जालमा आक्रोश

अन‌ि यो पनि

भरतपुर । चितवनमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गते राति १२ बजेसम्म लागु हुनेगरी चौथो पटक निषेधाज्ञा थप गरेको हो । चरणबद्ध रुपमा निषेधाज्ञा थप गरिएपछि सामाजिक सञ्जालमा आक्रोश बढेको छ ।

प्रशासनले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै बैशाख १६ गते देखि ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लगाएको थियो । त्यसपछि बैशाख ३१ देखि जेठ १३ गते र जेठ १३ देखि जेठ २० गते रातिसम्मको लागि निषेधााज्ञा जारी गरिएको थियो ।

तेस्रो पटक थप गरिएको निषेधाज्ञा अवधि सकिनै लाग्दा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज (बुधबार) एक सूचना जारी गरी जेठ २७ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याएका हुन् ।

चौथो पटक थपिएको निषेधाज्ञा खुकुलो नबनाइएपछि स्थानीयहरु भने असन्तुष्ट बनेका छन् । लगातारको निषेधाज्ञाका कारण हुँदा खाने जनताहरु बढी मर्कामा परेको उनीहरुको गुनासो छ ।

थपिएको निषेधाज्ञा बारे जिल्ला प्रशासन कार्यालय चितवनको आधिकारीक फेसबुक पेजमा प्रतिक्रिया दिँदै सन्तोष अधिकारी लेख्छन्–‘बन्दको विकल्प खोजौँ ।’ त्यसैगरी, रवि भट्ट लेख्छन्–‘यो पाराले चल्दैन मिस्टर सिडिओ जी । जनताको धैर्यताको परीक्षा नलिनुस् । अति गरे साह्रै नराम्रो परिणाम निस्कन सक्छ ।’

निषेधाज्ञा लगाएर जनतालाई बचाउन खोजेको की मार्न भनेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । गरिखाने जनताको लागि कुनै राहत प्याकेज नल्याइएको बरु निषेधाज्ञा लगातार थपिदै गएको भन्दै सामाजिक सञ्जालमा आक्रोश बढ्न थालेको छ ।

प्रशासनले फेसबुक पेज मार्फत जारी गरेको आदेशमा प्रतिक्रिया दिएका अधिकांशले निषेधाज्ञा अब बढी भइसकेको र स्वास्थ्य मापदण्ड अपनाएर विस्तारै खुकुलो गर्दै लैजानुपर्ने कुरा व्यक्त गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया