पर्दाभित्रको जेठ १९ !

अन‌ि यो पनि

राजदरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । दुई दशकको अवधिमा धेरै कुराहरु स्मरणबाट ओझेल परिसकेका हुन्छन्, तर विसं २०५८ साल जेठ १९ गते देशमा यस्तो भीषण हत्याकाण्ड भएको थियो, जसलाई चाहेर पनि कसैले बिर्सन सक्दैन । नेपालको करिब अढाई सय वर्षको राजतन्त्रको इतिहासमा नै यति सुनियोजितरुपमा राजाको सम्पूर्ण वंश नाश भएको त्यस्तो घटना पहिलोपटक थियो । विश्वभर नै सर्वाधिक चर्चामा समेत रहन सफल भएको त्यो राजदरबार हत्याकाण्ड अहिले भने क्रमशः चर्चाबाट बाहिर पर्दै गएको प्रतीत भए पनि त्यसले नेपाली राजनीतिमा छोडेको प्रभाव भने अहिले पनि महसुस गर्न सकिन्छ । चाहे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा होस् वा एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुँदा किन नहोस्, त्यो हत्याकाण्डको फेरि छानबिन हुन्छ कि भनी गरिएको अपेक्षा भने अहिले मृतप्रायः छ । त्यस्तो बीभत्स घटनामाथिको पर्दा आजसम्म उठ्न नसक्दा एकपछि अर्कोरुपमा प्रमाणहरु पनि नष्ट हुँदै गएको क्रूर यथार्थ छ ।

दरबार हत्याकाण्ड किन र कसरी भयो भन्नेबारेमा बहस र छलफलहरु भने बेलाबेलामा नउठ्ने गरेका होइनन्, तर अहिलेसम्म पनि त्यो घटना रहस्यकै गर्भमा हुँदा ती बहस र छलफलहरु निरर्थक साबित भैरहेका छन् । त्यतिबेला रहेका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा दरबार हत्याकाण्ड छानबिन गर्न गठित भएको आयोगले समेत तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको थियो । स्वचालित हतियार पड्किएर त्यस्तो घटना हुन पुगेको भनिए पनि त्यसपछि अघि आएका विभिन्न पक्षहरु त्यस प्रमाणको विरूद्धमा उभिएका पाइन्छन् । हालसम्म सार्वजनिक भएका जति पनि सन्दर्भहरु छन् ती पूर्णरुपले आजसम्म प्रमाणित हुन नसक्नुले राजदरबार हत्याकाण्ड कहिल्यै पनि सुल्झन नसक्ने रहस्य बन्दै गैरहेको छ भन्दा अन्यथा हुँदैन ।

निरङ्कुश राजतन्त्रको स्थापनाका लागि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र उनका छोरा पारसको यसमा ठूलो हात रहेको भन्ने जनमानसमा परेको छाप अझैसम्म यथावतै रहेको छ, यद्यपि त्यो अहिलेसम्म पुष्टि हुन नसकेको सन्दर्भ हो । बिनापुष्टि आरोपका लागि आरोप लगाउनुको खासै औचित्य पनि रहँदैन । राजा वीरेन्द्रको शेषपछि राजगद्दी सम्हाल्न पुगेका ज्ञानेन्द्र परोक्ष तथा अपरोक्षरुपमा सात वर्षसम्म निरङ्कुश राजतन्त्रको पक्षमा सक्रिय रहेका र त्यस अवधिमा पारसका अवैध प्रकारका गतिविधिहरु पनि एकपछि अर्कोरुपमा बाहिर प्रकट भैरहेको देखिँदा हत्याकाण्डमा उनीहरुको संलग्नतालाई लिएर आमसर्वसाधारणमा रहेको सोचलाई एकदमै अस्वाभाविक नै भन्न पनि नसकिने अवस्था छ । हाल देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्र आएको पनि करिब डेढ दशक भैसकेको छ । गणतन्त्रको स्थापनापछि सक्रिय राजनीतिक सत्ताबाट पाखा लाग्नु परे पनि पूर्वराजा ज्ञानेन्द्रमा हुर्किंदै गरेको सत्ताको भोक भने बेलाबेलामा प्रकट भएकै छ, जुन सन्दर्भले राजदरबार काण्डलाई सधैँका लागि समाप्त गर्नमा कारक हुन सक्छ । त्यसैले, समय रहँदै राजदरबार हत्याकाण्डले पारदर्शीरुपमा निकास पाउनुपर्ने देखिन्छ, नत्र त्यत्रो ठूलो घटनाको सत्य इतिहासमा लोप भएर जाने खतरा छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया