सय घरधुरीलाई राहत वितरण

अन‌ि यो पनि

वीरेन्द्रनगर । नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखाको आयोजनामा राप्ती–७, ८, ९ का अतिविपन्न चुलो बाल्न अप्ठ्यारोमा परेका करिब १०० घरधुरीलाई खाद्य सामग्री वितरण गरिएको छ ।

उक्त राहत सामग्रीअन्तर्गत नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय नारायणगढले एक लाख र आशा लघु वित्त वित्तीय संस्था लि. खुरखुरे शाखाले १२,४०० बराबरको जिन्सी राहत वीरेन्द्रनगर उपशाखालाई प्रदान गरेको थियो ।

प्रत्येक परिवारलाई २० केजी चामल र मुसुरो दाल सम्बन्धित वडाका जनप्रतिनिधिहरुको समन्वयमा वितरण गरिएको कार्यक्रममा नेसनल लाइफ इन्स्योरेन्स नारायणगढ शाखाका शाखा प्रमुख रामकुमार अधिकारी, आशा लघु वित्त वित्तीय संस्थाका प्रमुख सरूना आचार्य, वडा नं–७ का अध्यक्ष सुमिता डल्लाकोटी, वडा नं–८ का कार्यवाहक वडा अध्यक्ष पूर्ण आचार्य, वडा नं–९ का अध्यक्ष देवन लामा, उद्योग वाणिज्य संघ राप्तीका अध्यक्ष राजकुमार कँडेलको उपस्थिति थियो ।

कार्यक्रम वीरेन्द्रनगर उपशाखाका सभापति गोपाल सेढाईंको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया