जन्मदिनको अवसरमा फरूवा वितरण

अन‌ि यो पनि

माडी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका केन्द्रीय सदस्य बाबुराम खरेलको जन्मदिनको अवसरमा सुकुमबासी चेपाङ परिवारलाई फरूवा वितरण गरिएको छ ।

राष्ट्रिय युवा संघ माडीद्वारा सहजीकरण गरिएको कार्यक्रममा सुकुमबासी चेपाङ परिवारलाई फरूवा वितरण गदै माडी नगरपालिका वडा नं–७ का वडा सदस्य जगन्नाथ लामिछानेले सुकुमबासीको स्थायी बसोवासका लागि माडी नगरपालिकाले पहल गरिरहेको जनाउँदै विपत्तिको समयमा परिश्रम गर्दै जीविकोपार्जनका लागि अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा चेपाङ अगुवा छवि चेपाङले विपत्तिको बेलामा सुकुमबासी चेपाङ परिवारलाई फरूवा दिएर सहयोग गर्ने सहयोगी बाबुराम खरेल र समन्वय गर्दै वितरण गर्ने महानुभावहरुप्रति सुकुमबासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । फरूवा वितरणमा समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया