खुल्ला आकासमुनि आधुनिक कुखुरापालन

अन‌ि यो पनि

रत्ननगर । नगेन्द्रराज पाण्डे र विष्णुबाबु जोशी नाताले मामाभान्जा हुन् । उनीहरुले रत्ननगरकै कलेजमा पढाउँछन् । शिक्षण पेसाले आर्थिक अवस्थामा सुधार नआएपछि उनीहरुले रत्ननगर–११ मा व्यावसायिकरुपमा कृषि फार्म सुरू गरेका छन् ।

रत्ननगर–१०, पर्सौनीका पाण्डे र जोशीले खुल्ला आकासमुनि आधुनिक कुखुरापालन सुरू गरेका हुन् । फार्ममा उनीहरुले चारवटा सामान्य प्रकारका खोेर बनाएका छन् । खोर कुखुरा राख्न बनाइएको होइन । खुल्ला चौरमा रमाइरहेका कुखुरालाई पानी पर्दा ओत लाग्न खोर बनाइएको हो । कुखुरालाई चौरमै दाना हालिन्छ । पाण्डे र जोशीको नमस्ते एकीकृत कृषि फार्ममा कुखुरा रमाउने गरेका छन् । तारजालीले कम्पाउन्ड गरिएको फार्ममा लोकल र कडकनाथ प्रजातिका कुखुरा रहेका छन् । लोकलमा साकिनी, घाँटीखुइले, उल्टे, लोकल मिक्स प्रजातिका कुखुराहरु व्यावसायिकरुपमा पालिएका छन् ।

पाण्डे र जोशीले सात महिनाअघि कार्तिकबाट कुखुरापालन सुरू गरेका हुन् । पहिलो लटमा ५०० लोकल र ५०० कडकनाथका चल्ला हालेका उनीहरुले आम्दानी लिइसकेका छन् । पहिलो उत्पादनका रुपमा उनीहरुले दुवै प्रजातिका भालेमात्रै बिक्री गरे । प्रजननका लागि पोथीलाई बिक्री भने गरेनन् । पहिलो उत्पादनमा उनीहरुले ३ लाख रूपैयाँ आम्दानी गर्न सफल भए ।

स्थानीय बुद्धिबहादुर दुलालको एक बिघा जग्गा भाडामा लिएर सुरू गरेको एकीकृत कृषि फार्ममा अहिले लोकल र कडकनाथ गरी एक हजार ५०० कुखुरा रहेका छन् । लोकल र कडकनाथ जातका कुखुरा ५ महिनामा खानका लागि योग्य हुने गरेको छ । पाँच महिनाको अवधिमा एउटा कुखुरा भाले २ किलो र पोथी डेढ किलो हुन्छ । लोकल भाले प्रतिकिलो ७००, पोथी ६००, कडकनाथ प्रतिगोटा २ हजार ५०० रूपैयाँमा बिक्री हुँदै आएको छ । फार्मबाटै कुखुरा बिक्री हुने गरेको जोशीले बताए ।

‘फोनमार्फत नै कुखुराको माग हुने गरेको छ’, उनले भने, ‘अधिकांश मान्छेहरु फार्ममै कुखुरा लिन आउँछन् ।’ पछिल्लो समय लोकल र कडकनाथ प्रजातिको कुखुराको माग बढ्दै गएको भन्दै जोशीले यी दुई प्रजातिको कुखुरा बिक्रीका लागि बजारीकरणको समस्या नहुने बताए । ठूलो लगानीमा कुखुरापालन गर्ने कार्यलाई चुनौती दिँदै पाण्डे र जोशीले २० लाखको लगानीमा आधुनिक कुखुरापालन सुरू गरेका हुन् ।

खुल्ला आकासमुनि कुखुरा रमाउने भएकाले रोगको सङ्क्रमण पनि कम हुने जोशीले बताए । ‘मौसम र हावापानी नमिलेर कुखुरा मर्ने हुँदैन’, जोशीले भने, ‘त्यसले गर्दा आर्थिक नोक्सानी हुने सम्भावना कम हुन्छ ।’ ७ महिनाको अवधिमा रानीखेतजस्ता रोग लागेर कुखुरा नमरेको उनको भनाइ छ ।

शिक्षण पेसाले आर्थिक अवस्थामा सुधार नभएपछि मामाभान्जा मिलेर व्यावसायिकरुपमा कुखुरापालन सुरू गरेको पाण्डेले बताए । मासिक तलब बुझेको पैसाले गुजारा चले पनि आर्थिक उन्नति नहुने उनको बुझाइ छ । कुखुरासँगै फार्ममा बाख्रापालन, चरा प्रजातिका कालिन र लौकट व्यावसायिकरुपमा पाल्ने योजना रहेको पाण्डेले बताए ।

कृषि फार्म सुरू गरे पनि पाण्डे र जोशीले शिक्षण पेसा भने छाडेका छैनन् । बिहान कलेज पढाउने र अधिकांश समय कुखुरापालनमा खर्चिने गरेका छन् । ‘तत्काल आम्दानी ठूलो कुरा होइन’, पाण्डेले भने, ‘कृषि फार्मलाई हामीले दीर्घकालीन योजनाका साथ सुरू गरेका हौँ ।’ दुई वर्षसम्म लगानी गर्ने र तेस्रो वर्षबाट प्रतिफल लिन थाल्ने उनीहरुको योजना रहेको छ । कुखुरापालन सुरू गरेको करिब ८ वर्षमा उचित प्रतिफलसहित लगानी उठाइसक्ने प्रारम्भिक योजना रहेको पाण्डेले बताए ।

पञ्चकन्या सामुदायिक वनछेउमा १० वर्षका लागि भाडामा जग्गा लिइएको हो । सामुदायिक वनको छेउमा रहेकाले कुखुरालाई हावापानी सुहाउँदो वातावरण रहेको छ । ‘कुखुरापालनलाई आधुनिक बनाउँदै प्रकृतिलाई पनि साथ लिएका छौँ’, पाण्डेले भने, ‘यसको एउटामात्रै उद्देश्य भनेको रोग लाग्न नदिनु हो ।’

प्रतिकृया

मुख्य समाचार

परीक्षण कम हुँदा सङ्क्रमितको संख्या घट्दो, १२८ सङ्क्रमित थपिए, ९३ सङ्क्रमणमुक्त

भरतपुर । चितवनमा पछिल्लो हप्ता कोरोनाको परीक्षण कम भएको देखिन्छ । जेठ ३१ गते ७५० जनाको परीक्षण भएकोमा त्यसपछि...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया