प्रतिबन्धित औषधिको कारोबार गर्ने मेडिकल सञ्चालकसहित दुई जना पक्राउ

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगर २ बसपार्कस्थित सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधि बिक्री वितरण गरिरहेको अवस्थामा सोमबार प्रहरीले मेडिकल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं ९ बस्ने वर्ष २९ को मेडिकल सञ्चालक अभिषेक थापा र प्रतिबन्धित औषधि खरिद गर्ने तनहुँ देवघाट गाउँपालिका ९ घर भई भरतपुर महानगरपालिका २ बस्ने वर्ष १८ को आशिष तिवारी रहेका छन् ।

प्रहरीले एनार्गन १०१० ट्याब्लेट, ट्रामा ६८० ट्याब्लेट र ट्रफिन ८१ ट्याब्लेट गरी जम्मा १७७१ ट्याब्लेट प्रतिबन्धित औषधि बरामद गरेको छ ।

निजहरुलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज बुझाइएको प्रहरी प्रवक्ता प्रनाउ सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया