अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु, चार घाइते

अन‌ि यो पनि

काबुल १८ जेठ । अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस)का सदस्यहरुलाई लक्षित गरी भएको बिस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्। प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो। उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तीव्ररुपमा बढेका छन्। यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानव अधिकारवादीहरुले बताएका छन्। आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया जारी रहेकै अवस्थामा यी हिंसात्मक घटनाहरु अझ बढेका छन्।

विवरणअनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरु जारी छन्।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया