राप्तीका सय घरधुरीलाई रेडक्रसको राहत

अन‌ि यो पनि

चितवन १८ जेठ । नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखाले मंगलबार राप्ती नगरपालिकाको वडा नम्बर ७, ८, ९ का अति विपन्न चुलो बाल्न अप्ठ्यारामा परेका करिब १०० घरधुरीलाई खाद्य सामाग्री वितरण गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणगढ शाखाले उपलब्ध गराएको एक लाख रुपैयाँ र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको खुरखुरे शाखाले उपलब्ध गराएको १२ हजार ४०० रुपैयाँ बराबरको जिन्सी सामग्री वीरेन्द्रनगर उपशाखालाइ प्रदान गरेको थियो।

उक्त सामग्री उपशाखाले प्रत्यक परिवारलाई २० केजी चामल र मुसुरो दाल सम्बन्धित वडाका जनप्रतनिधिको समन्वयमा नेशनल लाइफ इन्स्योरेन्स नारायणगढ शाखा प्रमुख रामकुमार अधिकारी, आशा लघुवित्त वित्तीय संस्थाका प्रमुख सरुना आचार्य, वडा नं ७ का अध्यक्ष सुमिता डल्लाकोटी, वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष पूर्ण आचार्य, वडा नं ९ का अध्यक्ष देवन लामा, उद्योग वाणिज्य संघ राप्तीका अध्यक्ष राजकुमार कँडेलको उपस्थितमा वितरण गरिएको वीरेन्द्रनगर उपशाखाका सभापति गोपाल सेढाईँले जानकारी दिए।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया