माडीका स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

अन‌ि यो पनि

चितवन १८ जेठ । चितवन उद्योग संघ माडी इकाइ समितिले माडी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ। बघौडा अस्पताल, कसरा गणसहित माडी क्षेत्रका सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो।

कोरोना संक्रमित बढ्दै जाँदा संक्रमित निकट भएर काम गर्नुपर्ने तीन कर्मीलाई सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरिएको माडी इकाइ अध्यक्ष भोजराज खनालले बताए। समितिले बघौडा अस्पताल, इलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी कार्यालयका पाँच वटै पोष्ट र माडी क्षेत्रमा कार्यरत पत्रकारहरुलाई माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालमार्फत हस्तान्तरण गरिएको उनले बताए। सोही अवसरमा खड्ग दल गण कसरालाई समेत स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको उनले बताए।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया