कावासोतीमा श्रृंखलावद्ध चोरी गर्दै हिँड्ने २ जना पक्राउ

अन‌ि यो पनि

नवलपरासी १८ जेठ । पछिल्लो श्रृंखलावद्ध चोरीका घटनामा संलग्न २ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। कावासोती १ निवासी वर्ष २७ का कृष्णबहादुर परियार र देवचुली १६ निवासी वर्ष ३९ का मोटे हरि भनिने हरिजन दर्जीलाई पक्राउपछि मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरुसँग सुन, चाँदी, टेलिभिजन, भाँडाकुडा, खाद्य सामग्री, मोबाइल सेट तथा चोरी गर्न प्रयोग गर्ने हतियारहरु समेत बरामद गरेको छ। घटनामा संलग्न एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

उनीहरुले वैशाख २३ गतेदेखि जेठ १५ गतेसम्ममा ५ वटा घरमा चोरी गरेको प्रहरीले जनाएको छ। वैशाख २३ गते कावासोती ३ परिवर्तन चोक निवासी नारायण अर्यालको घरबाट नगद, गरगहना, टेलिभिजन, थाल, कचौरासमेत गरी ५ लाख बराबरको धनमाल चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। वैशाख २५ गते कावासोती ५ दशघरे बस्ने मनमाया पाइजामगरको घरबाट टिभी, राइसकुकर, प्रेसर कुकर, मिक्सर, कराई, कपसेट, ग्याँस चुलो, चक्कु, ब्ल्याङकेट, काँसको थाल र कचौरा गरी ८१ हजार ६०० रुपैया बराबरको धनमाल चोरी गरेका प्रहरीले जनाएको छ।

त्यसैगरी जेठ १४ गते कावासोती ६ विष्णुनगर निवासी सरस्वती भुसालको घर घाडामा पसल गरी बस्ने मणि न्यौपानेको पूजा सामग्री पसल र उनकै घरमा भाडा गरी बस्ने खिममाया रानाको कोठाबाट पनि सामन चोरी गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले पूजा सामग्री पसलबाट नगद, शंख, शिवलिङ्ग, गणेशको मूर्ति, तामाको थाली, पित्तलको थाली, छात्रा, घ्यू, तिलको तेल, अगरबत्ती गरी अन्दाजी २७ हजार रुपैयाँ बराबरको समान चोरी गरेका थिए भने खिममाया रानाको कोठाबाट मोबाइल, दोसल्ला, खाने तेल, लाइट, काँसको थाल, काँसको कचौरा, स्टिलको कचौरा, स्टिलको थाल, खाजा प्लेट, लसुनसमेत गरी ५७ हजार ८७० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए।

सोही समूहले जेठ १५ गते कावासोती ६ प्रगतिटोल बस्ने राजु रसाइलीको घरबाट नगद, चाँदी, सुन, सुन तौलने मेसिन, सुन सफा गर्ने फलामको दाना, जुत्ता, हाफ पाइन्ट, टिसर्ट, मोबाइल गरी ६ लाख ७६ हजार १०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ। विभिन्न मितिमा जिल्लाभित्रकै ५ वटा घरबाट करिब १३ लाख बराबरको धनमा चोरी भए पनि प्रहरीले भने ६ लाख रुपैयाँ बराबरको धनमालमात्र बरामद गरेको छ।

घरमा कोही नभएको मौका छोपी चोरी गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। प्रहरी नायव उपरीक्षक गिरीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म घरमा रेकी गर्ने र राति १÷२ बजेको समयमा चोरी गर्ने गरेको पाइएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया