चितवनमा थप ६ जना संक्रमितको मृत्यु, ३५३ जनाको उपचार हुँदै

अन‌ि यो पनि

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा २ जनाको मृत्यु भएको छ । जसमा एक जना बाराका छन् । यस्तै, चितवन मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको छ । जसमा लमजुङका दुई र मकवानपुरका एक जना रहेका छन् । यस्तै, अन्य अस्पतालमा चितवनका एक जना संक्रमितको मृत्यु भएको छ ।

चितवनमा आइसियूमा १७८ जना बिरामीको उपचार भइरहेको छ । जसमा भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा ९५, पुरानो मेडिकल कलेजमा ४८, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८ र अन्य अस्पतालमा ८ जना रहेका छन् ।

यसैगरी, भेन्टिलेटरमा ४५ जना संक्रमितको उपचार भइरहेको छ । जसमा भरतपुर अस्पतालमा एक, सिएमसीमा २३ र पुरानो मेडिकल कलेजमा २१ जना छन् । यस्तै एचडियूमा ३६ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमा भरतपुर अस्पतालमा १९, सिएमसीमा ११, पुरानो मेडिकलमा एक र अन्य अस्पतालमा ५ बिरामीको उपचार भइरहेको छ । यस्तै, अन्य १३९ बिरामीको सामान्य शैय्यामा राखेर उपचार भइरहेको छ ।

चितवनमा मंगलबार उपचारपछि निको भएर चितवनका विभिन्न अस्पतालबाट ५८ जना घर फर्केका छन् ।

प्रतिकृया

मुख्य समाचार

अनेमसंघले बाँड्यो सुकुमबासीलाई खाद्यान्न

रत्ननगर । निषेधाज्ञाका कारण जीविकोपार्जनमा समस्या भोगिरहेका रत्ननगर वडा नं ८ का सुकुमबासी समुदायलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया