भरतपुरका ११८ सहित चितवनमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि

अन‌ि यो पनि

भरतपुर । चितवनमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमित हुनेहरुमा सबैभन्दा धेरै भरतपुर महानगरका छन् । भरतपुर महानगरपालिकाभित्र ११८ जना थप भएका छन् ।

यसैगरी, कालिका नगरपालिकामा २१ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिकामा नौ जना, खैरहनी नगरपालिकामा पाँच जना, राप्ती नगरपालिकामा दुई जना र इच्छाकामना गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनमा हालसम्म सक्रिय संक्रमितको संख्या ४८४५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मंगलबारसम्म चितवनमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २२१ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया