शरीरमा आगो लागेर घाइते भएकी महिलाको मृत्यु

अन‌ि यो पनि

भरतपुर । आफ्नै शरीरमा आगो लागेर घाइते भएकी भरतपुर महानगरपालिका–६ पाँडेघुम्तीकी एक महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।

तीन दिन अगाडि शरीरमा आगो लागेर घाइते भएकी भरतपुर–६ की ६५ वर्षीय पार्वती भट्टराईको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

भट्टराईले आफ्नी सासुको किरियाकर्म गरिरहेको समयमा उनको शरीरमा आगलागी भएको हो । दियो जलाउँदा आफ्नै शरीरमा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

महिलाको घरपट्टिकै कोही सदस्यले उनको शरीरमा आगो लगाएर मारेको हुन सक्ने महिलाको माइती पक्षको आरोप छ । बच्चा जन्माउन नसक्दा अपहेलित हुँदै आएकी उनलाई घरकै सदस्यले आगो लगाएको हुन सक्ने मृतक महिलाका भाइ धुव्रप्रसाद ढकालले आरोप लगाए ।

आगलागीको घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको भन्दै उनले केही दिनमा प्रहरीमा किटानी जाहेरी दिने उनको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया