दूध दिवसमा रत्ननगरका धार्मिक संस्थालाई दूध वितरण

अन‌ि यो पनि

रत्ननगर । २१औँ अन्तर्राष्ट्रिय तथा ११औँ राष्ट्रिय दूध दिवसका अवसरमा रत्ननगरका धार्मिक तथा सामाजिक संघसंस्थालाई मिष्ठान्न भोजनका लागि दूध वितरण गरिएको छ ।

रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था रत्ननगरले राम मन्दिर जयमंगला, हरिहर मन्दिर, कृष्ण मन्दिर टिकौली र गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई दूध वितरण गरिएको अध्यक्ष किशोर बगालेले जानकारी दिए ।

मागअनुसार १० देखि ३० लिटरसम्म दूध वितरण गरिएको उनले जानकारी दिए । रत्ननगर नगरपालिका पशुपक्षी शाखाको वार्षिक कार्यक्रमअनुसार नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था रत्ननगरसँग सहकार्य गरी दूध वितरण गरिएको रत्ननगर नगरपालिका पशुपक्षी शाखा प्रमुख पशु विकाश अधिकृत शालिग्राम पौडेलले बताए ।

यस पटकको दूध दिवसको नारा नियमित दूध तथा दुग्धजन्य पदार्थ उपभोग गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ रहेको छ । विश्व खाद्य संगठनले सन् २००१ देखि अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो ।

नेपाली समाजमा प्रतिव्यक्ति प्रतिवर्ष ६४ लिटर दूध उपभोग गरेको पाइन्छ । तर, विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता पर्छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया