खैरहनीका ४५ घरधुरीलाई खाद्य सामग्री सहयोग

अन‌ि यो पनि

खैरहनी, १८ जेठ । राष्ट्रिय शक्ति नेपाल खैरहनी र मोर्डन ग्रुपका भूतपूर्व विद्यार्थीहरुले कोरोना महामारीको दोस्रो लहरका कारण समस्यामा परेका ४५ घरधुरीलाई खाद्य सामग्री सहयोग गरेको छ । खैरहनी नगरपालिका वडा नं ३, ८ र १३ का अतिविपन्न, अशक्त र अपाङ्गता भएकाहरुलाई सोमबार खाद्य सामग्री सहयोग गरिएको हो ।

राष्ट्रिय शक्ति नेपाल र मोर्डन ग्रुपका भूतपूर्व विद्यार्थीहरुको सहकार्यमा ४५ घरधुरीलाई चामल, दाल, नुन, तेललगायतको खाद्य सामग्री सहयोग गरिएको राष्ट्र शक्ति नेपाल खैरहनी नगर कमिटीका सदस्य विकास उप्रेतीले जानकारी दिए ।

खाद्य सामग्री सहयोग कार्यक्रममा राष्ट्र शक्ति नेपाल खैरहनीका नगर अध्यक्ष यादव पुन, जिल्ला सचिव विशाल डल्लाकोटी, कोषाध्यक्ष विराज चौधरीलगायतको उपस्थिति रहेको थियो ।

यस्तै, टोलीले नै करिब एक महिनादेखि नारायणी नदी किनारमा दैनिक खाना खान समस्या परेका व्यत्तिःलाई खाना खुवाउँदै आएकी सीता कुँवरलाई ६ बोरा चामल, नुन, तेल ताजा तरकारीलगायतको खाद्य सामग्री सहयोग गरेको नगर कमिटी सदस्य उप्रेतीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया