चितवनमा घटेनन् सक्रिय सङ्क्रमित, भरतपुर–१० र ३ मा मृत्यु बढी

अन‌ि यो पनि

भरतपुर । चितवनमा नयाँ सङ्क्रमित हुनेको संख्या कम भए पनि सक्रिय सङ्क्रमितको संख्या अझै घटेको छैन ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीेले चितवन जिल्लामा सक्रिय सङ्क्रमितको संख्या नघटेका कारण कोरोनाको कहर बाँकी नै रहेको बताए । उनले भने, ‘कोरोनाको दोस्रो लहर सकियो भन्ने हल्ला पनि चलाइएको छ, त्यो होइन । चितवनमा नयाँ सङ्क्रमितहरु केही कम भएका हुन्, तर सक्रिय सङ्क्रमित घटेका छैनन् ।’ उनले सक्रिय सङ्क्रमित नघटेसम्म कोरोना भाइरसको सङ्क्रमण बढिरहने बताए । उनका अनुसार चितवन जिल्लामा हाल सक्रिय सङ्क्रमितको संख्या ४ हजार ८४० रहेको छ ।

‘सक्रिय सङ्क्रमित पूर्ण निको नभएसम्म कोरोनाको कहर घट्यो भन्न मिल्दैन, निषेधाज्ञाका कारण नयाँ सङ्क्रमितको संख्यामा केही कमी आएको छ’, प्रमुख तिवारीले भने ।

भरतपुर महानगरमा उच्च

चितवनका सात पालिकामध्ये कोरोना भाइरसको सङ्क्रमण दर भरतपुर महानगरपालिकामा अझै उच्च छ । कोरोनाले सबैभन्दा बढी मानवीय क्षति भरतपुर महानगरको वडा नम्बर–१० मा पु¥याएको छ । सङ्क्रमितको संख्या सबैभन्दा कम भएको वडा भरतपुर २९ हो । कोरोना भाइरसको सङ्क्रमणको कहर भरतपुर महानगरका गाउँगाउँमा फैलिरहेको छ । सहर र गाउँमा आवतजावत बढी भइरहेको हुनाले सङ्क्रमित गाउँतिर पनि देखिएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख तिवारीले गाउँगाउँमा एन्टिजेन परीक्षण भइरहेको बताए । उनले भने, ‘एन्टिजेन परीक्षण गर्दा भरतपुर महानगरका गाउँगाउँमा कोरोना सङ्क्रमण देखिएको छ, गाउँ पनि सुरक्षित हुन सकेको छैन । भरतपुर महानगरको वडा–१० र ३ मा हालसम्म कोरोनाबाट ७÷७ जनाको मृत्यु भएको छ । महानगर स्वास्थ्य शाखाका अनुसार भरतपुर–१० मा हालसम्म कोरोना सङ्क्रमितको संख्या ७९७ पुगेको छ । भरतपुर वडा–३ मा कोरोनाबाट मृत्युको संख्या बढी भए पनि २६७ जनामात्रै कोरोना सङ्क्रमित छन् ।

भरतपुर–२९ मा हालसम्म कोरोनाबाट एक जनाको पनि मृत्यु छैन । सङ्क्रमितको संख्या पनि जम्मा १० मात्रै रहेको छ । भरतपुर–२७, २८, २९, २२, २१, १३, १९, २४ नम्बर वडामा कोरोनाबाट एक जनाको पनि मृत्यु भएको छैन ।

२१९ जनाको मृत्यु

चितवन जिल्लामा कोरोनाबाट हालसम्म २१९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट चितवनमा ६ जनाको मृत्यु भएको छ ।

यहाँका विभिन्न अस्पतालमा ४५ जना सङ्क्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आइसियू र जनरल वार्डमा गरी २०१ जना सङ्क्रमितको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा १, चितवन मेडिकल कलेजमा ४ र पुरानो मेडिकल कलेजमा १ जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । एकैदिन उपचारपछि निको भएर चितवनका विभिन्न अस्पतालबाट ४४ जना घर फर्केका छन् ।

१६६ जना सङ्क्रमित थपिए

पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । विभिन्न अस्पतालमा भएको पिसिआर परीक्षणमा भरतपुर महानगरपालिकामा ११७, खैरहनीमा ९, माडीमा ८, रत्ननगरमा २०, राप्तीमा ४, कालिकामा ५ र इच्छाकामनामा ३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

चितवनमा हालसम्म १३ हजार ७१६ जना कोरोना भाइरसका सङ्क्रमित पुगेका छन् । ८ हजार ६४० जना निको भएर घर फर्केका छन् ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया