भ्याली स्टेट कलेजमा बजेट विशेष छलफल

अन‌ि यो पनि

भरतपुर । चितवनको भरतपुरस्थित भ्याली स्टेट कलेजले बजेट विशेष कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/८९ को बजेटका विभिन्न आयामहरुको बारेमा छलफल कार्यक्रम गरिएको हो ।

अनलाइन प्रविधिबाट गरिएको सो कार्यक्रमका प्रमुख वक्ता प्रा.डा. गोविन्दराज पोखरेलले केपी ओली सरकारले ल्याएको यो वर्षको बजेट बढी वितरणमुखी भएको बताए । उनले बजेट कार्यान्वयन गर्नुभन्दा पनि चुनावी प्रयोजनका लागि ल्याएको आरोप लगाए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका प्रा.डा. पोखरेलले बजेट तर्जुमा गर्दा परियोजनाको सही छनोट, कार्यान्वयनको निश्चितता, आवश्यकताको सिद्धान्त लगायतमा आधारित हुनुपर्ने कुरा औँल्याए ।

सोही कार्यक्रममा अर्का विश्लेषक अम्बिकाप्रसाद पौडेलले यस वर्षको बजेट शेयर बजारको खिलाफमा रहेको विचार राखे । आगामी वर्षबाट कमोडिटी मार्केटको सुरूवात गर्ने कुरा सकारात्मक भए पनि कैयौँ अन्य विषयहरुलाई बजेटले नजरअन्दाज गरेको बताए ।

बजार विज्ञ पौडेलले भने, ‘वित्त बजारलाई स्वामित्व दिन सरकारले संस्थागत लगानीकर्तालाई उत्साहित गराउनुपर्छ ।’ करिब ३०० जनाको सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण आई. आर सुवेदीले गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया