बागमतीको प्रि–बजेट छलफल सुरु, सरकारप्रति विपक्षी आक्रामक

अन‌ि यो पनि

हेटौँडा । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को प्रिबजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका सँगै छलफल सुरु भएको हो ।

कोरोना केन्द्रित बजेट

मन्त्री ढुंगेलले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कोभिड–१९ नियन्त्रणमा केन्द्रित हुने प्रदेशसभामा जानकारी गराएका छन् । प्रदेशभरका अस्पतालको स्तरोन्नति तथा स्वास्थ्यकर्मी र आवश्यक पूर्वााधारको विकासमा जोड दिइने बताइएको छ  विकासमा क्षेत्रगत तथा भौगोलिक सन्तुलन कायम गर्ने गरी उत्पान वृद्धि हुने र तत्काल रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेट विनियोजन गरिने उनले बताए ।

कोरोनाबाट प्रभावित न्यून आय भएकाहरुलाई सुलभ ब्याजदरमा ऋणको व्यवस्था गरिने बताइएको छ । मन्त्री ढुंगेलले  बहुवर्षे र क्रमागत योजनालाई बजेट सुनिश्चितात गरेर मात्र अन्य योजनालाई अगाडि बढाइनेछ । आवधिक, प्रादेशिक योजना र दीगो विकासको लक्ष्य प्राप्त गर्न प्रतिकुल समय भएको टिप्पणी गरे । डिपिआर, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भइसकेको योजनालाई मात्र बजेट विनियोज गर्ने कार्यको थालनी गरिने बताइएको छ ।

सरकार विरुद्धमा मोर्चाबन्दी

सरकार विरुद्धमा बागमती प्रदेशमा विपक्षीदलहरुले मोर्चाबन्दी गरेर आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। सोमबार प्रि बजेटको छलफल सुरु हुनुभन्दा अगाडी अधिवेशनको शुभकामना दिन बोल्दै दलका नेताहरु बागमती सरकार पूर्णरुपमा असफल भएको बताएका हुन् ।

विपक्षीदलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुख्यमन्त्री डोरमणि पौडेलसम्मलाई कटाक्ष गरेका हुन् । बजेट अधिवेशनको शुभकामना दिने क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा  माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले नेताको घर हेरेर बजेट बनाइएको भन्दै पास हुन नदिने दाबी गरेका छन् । उनले प्रदेशसभामा विरोध भए प्रदेशसभा खारेज गर्नेसम्म प्रधानमन्त्री ओली लागेको आरोप लगाएका छन् ।

सुरुवातमै आक्रामक देखिएका उनले अधिकांश समय प्रधानमन्त्रीको विरोधमा सकाएका थिए।  बागमती प्रदेशको हालत पनि केन्द्रको जस्तै रहेको भन्दै जम्मकट्टेलले प्रदेशसभा विघटन गरे पनि बजेट पास हुन नदिने चेतावनी दिएका हुन् ।

विपक्षी दल कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि रोग, भोक र खोप को व्यवस्थापन गर्नेगरी बजेट ल्याउन आग्रह गरेका छन् । बजेटले गरिब निमुखा जनता र कोभिड केन्द्रित भएर नल्याए, विपद्को राम्रो व्यवस्थापन नभए तथा बैज्ञानिक बजेट नआएमा कांग्रेसले त्यसमा आपत्ति जनाउने बताए ।

राप्रपाकी सांसद रीना गुरुङले भने गणतन्त्र र संघीयता जनताको व्यवस्था नभएर नेताहरुको व्यवस्था भएको भन्दै त्यसको विरोध गरेका छन् । उनले खुलेरै राजसंस्था कायम गर्नुपर्ने माग  गरेका छन् ।

बजेट पास गर्न  मन्त्रिपरिषद् निर्णय फिर्ता  

बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराएको ५० लाख रुपैयाँ फिर्ता लिने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाको आठौँ अधिवेशन सुरुवातको शुभकामना दिने क्रममा सम्बोधन गर्दै फिर्ता लिने उक्त निर्णय जानकारी गराएका हुन् ।

मदन भण्डारी फाउन्डेसनलाई आर्थिक कार्यविधि र ऐनबिनै रकम उपलब्ध गराएको भन्दै प्रतिपक्षी दलहरुले व्यापक विरोध गरेपश्चात् प्रदेश सरकार उक्त निर्णयबाट पछाडि हटेको हो । मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराइएको बजेट र विद्युतीय बस सञ्चालनको विषयलाई लिएर वाग्मती प्रदेशका विपक्षी दलहरुले मोर्चाबन्दी गर्दै लगातार सदन अवरुद्ध भईरहेको थियो । बजेट पास गर्न मुख्यमन्त्रीले  विपक्षीको माग सुनुवाई गरेका हुन् ।

४ प्रतिवेदन पेश

सोमबारकै बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले महालेखापरिक्षकको वार्षिक प्रतिवेदन, प्रदेश लोकसेवा आयोग र प्रदेश मुख्यन्याधिवक्ता कार्यालयको २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

प्रदेश सार्वजनिक लेखा समितिको ०७६/७७ को वार्षीक प्रतिवेदन समितिका सभापति न्हुच्छेनायराण श्रेष्ठले सामा पेश गरेका छन् ।  सभामुख सानुकुमार श्रेष्ठले सभामुख र उपसभामुख अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न सांसदहरु शान्ति थिङ, हिरानाथ खतिवडा, विजया केसी र शोभा शाक्यलाई स्वीकृति गरेका छन् ।

त्यस्तै प्रदेश समिति सदस्यहरु शालिकराम जम्मकट्टेल र युवराज दुलालको हेरफेर भएको छ । अब प्रदेश मामिला समितिको सदस्यमा शालिकराम जम्कट्टेल र अर्थ तथा विकास समिति सदस्यमा युवराज दुलाल सदस्य हुनेछन् । बागमती प्रदेशसभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया