लागूऔषधसहित चार युवा पक्राउ

अन‌ि यो पनि

भरतपुर । प्रहरीले आइतबार बेलुकी ७:२५ बजेको समयमा खैरहनी नगरपालिका ९ स्थित सिमलटाँडीबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले शंका लागी ना १४ प ३३२३ र ग १ प २७८५ नं को मोटरसाइकलमा सवार व्यक्तिहरुलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषध निट्राजेपाम १७५ ट्याब्लेट तथा मोटरसाइकल चोरहरुले प्रयोग गर्ने एलएङ्कीसमेत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर हेटौँडा नगरपालिका ११ बस्ने वर्ष २३ को बिजयप्रसाद चौलागाईं, सोही ठाउँ बस्ने वर्ष २४ को सन्तोष बिडारी, वर्ष ३६ को अर्जुन मोक्तान र जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका २२ बस्ने वर्ष ३६ को सूर्यमान वाइवा रहेको प्रहरी प्रवक्ता प्रनाउ सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया