खेतबारीमा नै कुहिन थाल्यो तरकारी

अन‌ि यो पनि

चितवन, १७ जेठ (रासस) । निषेधाज्ञाका कारण खेतबारीमा उत्पादन भएको तरकारीले मूल्य नपाउँदा र बिक्री समेत कम हुन थालेपछि किसान समस्यामा परेका छन् । पछिल्लो समय यसको बिक्री वितरण न्यून भएपछि खेतबारीमा नै कुहिन थालेका छन् । धमाधम तरकारी बिक्री गर्ने बेलाका निषेधाज्ञा जारी भएपछि किसान चिन्तित बनेका हुन् । बारीको तकारी टिपेर बजार पुर्‍याउँदा लाग्ने खर्च समेत नधान्ने उनीहरु गुनासो गर्दछन् ।

जिल्ला ताजा तरकारी फलफूल उत्पादक सहकारी सङ्घ चितवनका सचिव रामचन्द्र रेग्मीका अनुसार आज बजारका करेला प्रतिकेजी रु पाँचमा पनि बिक्री गर्न मुश्किल परेको थियो । गत चैतको पहिलो हप्ता सो तरकारी प्रतिकेजी रु १ सय २० मा बिक्री भएको थियो । अहिले तनेबोडी प्रतिकेजी रु १० मा बिक्री हुने गरेको छ । यसको पहिलेको मूल्य रु १ सय २० नै थियो । उनका अनुसार रु ९० मा बिक्री भएको घिरोला अहिले प्रतिकेजी रु २५, रु ८५ मा बिक्री भएको रामतोरीया रु १५ मा समेत बिक्री गर्न कठिन छ । रु ५ मा झरेको गोलभिँडा रु २५ सम्ममा बिक्न शुरु भएको छ । रु १० मा बिक्री हुन नसकेको भेन्टा रु १५ सम्ममा बिक्न थालेको उनले जानकारी दिए । चिचिण्डा बिगतमा झै रु २० हाराहारीमा बिक्री भएको छ ।

नारायणगढस्थित तरकारी तथा फलफूल स्थलमा निषेधाज्ञा जारी भएपछि दैनिक दुईदेखि तीन टन तरकारी बिक्रीहुन नसकेर खेरा जाने गरेको बताइएको छ । तरकारीले उचित मूल्य नपाउँदा जिल्लाका किसान चिन्तित छन् । भरतपुर महानगरपालिका २६ मा मामा भान्जा कृषि फर्म सञ्चालन गर्दै आएका सुनिल गुरुङ्ले बजारमा उचित मूल्य पाउन नसकेको गुनासो गरे । उनको बारीमा अहिले लौका, करेला, तनेबोडी, स्टिकलेस बोडी, सिमि र घिरौला रहेका छन् । उनले भने “दैनिक १ देखि १ दशमलब ५ टन तरकारी बजारमा जान्छ । पहिलेको भन्दा आधा पनि मूल्य परेको छैन ।”
अघिल्लो वर्षको लकडाउनका कारण मारमा परेका किसान यस वर्ष पनि घाटा बहोर्नु परेको उनले जानकारी दिए । खद्रौलीमा सुवेदी कृषि फर्म सञ्चालन गर्दै आएका सुभद्रा सुवेदीले किसानसँग अहिले नोक्सानीको हिसाव गर्नु वाहेकको विकल्प नरहेको बताउँछन् । उनले भने “स्थानीय प्रशासनले हाटवजारहरु बन्द गरिदिदाँ र बजारसम्म पु¥याउन कठिन हुँदा उचित मूल्य पाउन सकिएन ।”

निषेधाज्ञा अघि तरकारी लिनका लागि व्यवसायी खेतबारीमा नै आउने गरेको भए पनि अहिले बन्दाबन्दीका कारण व्यवसायी आउन छोडेको उनको गुनासो छ । उनले तरकारीहरु अन्य बालीजस्तो भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिएर खेरा जान्छ । पश्चिम चितवन तरकारीको मुख्य पकेट क्षेत्र हो । यहाँको तरकारी स्थानीय वजारसँगै काठमाडौँ, पोखरा, बुटवल जाने गरेको थियो ।

अहिले बारीमा गोलभेडा, काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, रामतोरीया, भेन्टालगायतका तरकारी बजार लैजाने अवस्थामा छन् । कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लामा उत्पादित तरकारीको बजार भाउ नपाउने अवथा रहेको भए पनि क्रमिक रुपमा सुधार हुँदै जाने बताए । बन्दाबन्दीका कारण कृषककोबाट तरकारी उठ्न नसकेको र कुहिएर जान थालेको उनले जानकारी दिए ।

जिल्लामा वार्षिक ७ हजार ५ सय हेक्टरमा तरकारी खेती हँुदै आएको छ । यस समयमा दुई हजार ४ सय हेक्टर क्षेत्रफलमा तरकारी लगाइँदै आएको छ । वार्षिक रुपमा जिल्लामा एक लाख मेट्रिकटनको हाराहारीम उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । व्यवसायीले यहाँबाट पश्चिममा धनगढी र पूर्वमा बिर्तामोडसम्म तरकारी लैजान्थे । अहिले कोहोलपुर पश्चिम र हेटौडा पूर्व तरकारी जान सकेको छैन । तरकारी यात्रुवाहक बसको छतमा राखेर पठाइन्थ्यो । अहिले सार्वजानिक यात्रुवाहक बस नचले पछि तरकारी पठाउन नसकिएको व्यवसायीको भनाइ छ । । स्थानीय स्तरमा आफ्नै उत्पादन हुने मौसम भएकाले पनि खपत कम छ । निषेधाज्ञाले होटल, रेष्टुरेन्ट बन्दसंगै भोजभतेर नहुँदा तरकारीको खपत समेत घटेको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया