चितवनमा थप ६ जना संक्रमितको मृत्यु, भेन्टिलेटरमा ४५ जनाको उपचार हुँदै

अन‌ि यो पनि

चितवन । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट चितवनमा ६ जनाको मृत्यु भएको छ ।

यहाँका विभिन्न अस्पतालमा ४५ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आइसियु र जनरल वार्डमा गरी २०१ जना संक्रमितको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा १, चितवन मेडिकल कलेजमा ४ र पुरानो मेडिकल कलेजमा १ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । एकैदिन उपचारपछि निको भएर चितवनका विभिन्न अस्पतालबाट ४४ जना घर फर्केका छन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया