चितवनका ५३९ विद्यालयहरु वार्षिक नतिजा निकाल्ने तयारीमा

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लाका ५३९ विद्यालयहरु यतिबेला वार्षिक नतिजा निकाल्ने तयारीमा जुटेका छन् । चितवनका ३२३ सामुदायिक र २१६ संस्थागत विद्यालयहरु आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारीमा जुटेका हुन् ।

शिक्षा विकास समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल सुवेदीका अनुसार चितवनका सातै पालिकाका विद्यालयहरु भौतिकरुपमा विद्यार्थी उपस्थित नगराई पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा विद्यार्थीको मूल्याङ्कन गरी प्राप्ताङ्क राख्न जुटिरहेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण यसवर्ष चितवनका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा वार्षिक परीक्षा हुन सकेन, जसका कारण आन्तरिक मूल्यांकनबाट प्राप्ताङ्क राखेर नतिजा निकाल्नुपर्ने बाध्यता आएको उनी बताउँछन् । पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र अन्य क्रियाकलाप हेरेर शिक्षकहरुले विद्यार्थीको प्राप्ताङ्क राख्ने उनी बताउँछन् ।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले भने, ‘जेठ मसान्तसम्म सबै पालिकाले नतिजा प्रकाशित गर्नेछन् ।’
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन शाखाका प्रमुख महेन्द्र पौडेलले महानगरका सबै विद्यालयहरुले हरेक विद्यार्थीको पहिलो त्रैमासिकबाट २० अंक, दोस्रो त्रैमासिकबाट ६० अंक र अन्य क्रियाकलापमा २० अंक राख्न यतिबेला शिक्षकहरु जुटिरहेका बताए ।

अन्य क्रियाकलापमा अनुशासन, खेलकुद, प्रयोगात्मक अभ्यास, हाजिरीहरुको आधारमा पनि विद्यार्थीको मूल्यांकन हुनेछ ।
कक्षा ८ को परीक्षाफल हरेक विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको प्राप्त अंकलाई पालिकामा पठाउँछन् र पालिकाले नै नतिजा प्रकाशित गर्नेछ । कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मको परीक्षाफल प्रकाशन विद्यालय आफैँले गर्नेछन् । अनलाइन, सामाजिक सञ्जाललगायतका माध्यमबाट विद्यार्थीलाई विद्यालयले नतिजा पठाउनेछन् ।

‘जेठ २५ अगावै वा ढिलोमा पनि मसान्तसम्म चितवनका सबै विद्यालयहरुले नतिजा प्रकाशन गर्नेछन्, कोरोनाको कहरलाई मध्यनजर गर्दै आगामी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ’ समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले भने ।चितवनका सबै पालिकाहरुले विद्यालयहरुलाई कक्षा ८ को प्राप्ताङ्क विवरण जेठ २५ सम्म गतेसम्ममा शैक्षिक शाखामा पठाउन निर्देशन गरेका छन् । जेठभित्र कक्षा ८ को नतिजा पनि प्रकाशित हुने पालिकाहरुले जनाएका छन् ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया