यार्सागुम्बा सङ्कलन गर्न गएकी महिलाको मृत्यु

अन‌ि यो पनि

दार्चुला । यार्सागुम्बा सङ्कलनमा गएकी एक महिलाको मृत्यु भएको छ । दार्चुला अपी हिमाल गाउँपालिका–५ की ४० वर्षीया चुन्धरी धामीको यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला उनको मृत्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छोरा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो । रासस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...