धादिङका स्थानीय तहलाई ८० करोड ४४ लाख बजेट

अन‌ि यो पनि

धादिङ, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि धादिङ जिल्लाका स्थानीय तहहरुका ८० करोड ४४ लाख बजेट हस्तान्तरण गरेको छ ।

अर्थमन्त्रालयले आफ्नो वेभसाइटमार्फत् सातवटै प्रदेश र देशभरका स्थानीय तहका लागि विनियोजित समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान शीर्षकमा बजेट सार्वजनिक गरेको थियो ।

यसैगरी, धादिङ जिल्लाको दुई नगरपालिका र ११ गाउँपालिकासमेत गरी १३ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बजेट नीलकण्ठ नगरपालिकाले पाएको छ भने सबैभन्दा कम रुबिभ्याली गाउँपालिकामा परेको छ ।

धादिङको १३ वटा स्थानीय तहहरुमध्ये आगामी आर्थिक वर्षका लागि नीलकण्ठ नगरपालिका ६३ करोड १ लाख, धुनिबेँसी नगरपालिका ३७ करोड २८ लाख, थाक्रे गाउँपालिका ४५ करोड १५ लाख, गल्छी गाउँपालिका ३५ करोड २९ लाख, गजुरी गाउँपालिका ३८ करोड १५ लाख, बेनिघाट–रोराङ गाउँपालिका ४५ करोड ९५ लाख, सिद्धलेक गाउँपालिका ३७ करोड ३५ लाख, ज्वालामुखी गाउँपालिका ३४ करोड ४५ लाख, त्रिपुरासुन्दरी गाउँपालिका ४० करोड ८ लाख, गंगाजमुना गाउँपालिका ३९ करोड ६७ लाख, नेत्रावती डबजोङ गाउँपालिका २३ करोड ८१ लाख, खनियावास गाउँपालिका २३ करोड ८६ लाख र रुबिभ्याली गाउँपालिका १६ करोड ४९ लाख रुपेया बजेट रहेको छ ।

चालू आर्थिक वर्षका लागि धादिङ जिल्लाको १३ वटा स्थानीय तहहरुमध्ये नीलकण्ठ नगरपालिका ६२ करोड ८३ लाख, धुनिबेँसी नगरपालिका ३३ करोड ५४ लाख, थाक्रे गाउँपालिका ३६ करोड २८ लाख, गल्छी गाउँपालिका ३२ करोड ४२ लाख, गजुरी गाउँपालिका ३२ करोड २९ लाख, बेनिघाट–रोराङ गाउँपालिका ४० करोड ९७ लाख, सिद्धलेक गाउँपालिका ३६ करोड ५७ लाख, ज्वालामुखी गाउँपालिका ३१ करोड ६२ लाख, त्रिपुरासुन्दरी गाउँपालिका ३७ करोड ५९ लाख, गंगाजमुना गाउँपालिका ३२ करोड ८२ लाख नेत्रावती गाउँपालिका २४ करोड ३५ लाख, खनियाबास गाउँपालिका १९ करोड ९८ लाख र रुबिभ्याली गाउँपालिका १६ करोड ६६ लाख रकम विनियोजन गरिएको थियो ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया