गल्छी–चकमके–फेदीखोला सडक कालोपत्रे हुने

अन‌ि यो पनि

धादिङ, १७ जेठ । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने गरी सञ्चालनमा आएको धादिङको गल्छी–चकमके–फेदीखोला सडक कालोपत्रे गरिने भएको छ ।

गल्छीचोकबाट सुरू भई गोगनपानी, रानीमाला चकमके हुँदै फेदीखोलासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न संघीय सरकारले ६८ करोड बजेट विनियोजन गरेको गल्छी गाउँपालिका वडा नं ८ का अध्यक्ष भरत तामाङले बताए ।

सीतापाइलाबाट भीमढुंगा,नर्सरी भञ्ज्याङ लामिडाँडा हुँदै गल्छी जोड्ने सडक निर्माण भई प्रयोगमा आइसकेको र कालोपत्रे हुँदा सो सडकखण्डको १५ किलोमिटर भाग समेटिने अध्यक्ष तामाङले जानकारी दिए ।

यातायात सञ्चालनमा भएको बेला नियमितरुपमा हजारौँ यात्रुहरुलाई सास्ती दिने नौबिसे–नागढुङ्गा–कलंकी सडकको सवारी जामलाई कम गर्न गल्छी भीमढुंगा, सीतापाइला सडकलाई वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने गरी २०६० सालमा निर्माण गरिएको हो ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया