शोक प्रस्ताव पारित गरेर प्रदेशसभा स्थगित, आज नीति तथा कार्यक्रम

अन‌ि यो पनि

हेटौँडा । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित भएर स्थगित भएको छ । कोरोना संक्रमणबाट निधन भएका दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागार्ईंको निधनमा शोक प्रस्ताव पारित भएको हो । आज सोमबार बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबार दिउँसो सबै प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण गरेर सुरु भएको प्रदेशसभाको बैठकमा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना मन्तव्य दिने, आर्थिक वर्ष २०७७ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा लेखा समितिले २०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची भए पनि त्यसमा प्रवेशै नगरी बैठक स्थगित भएको हो । प्रदेशसभाको सातौँ अधिवेशनमा विपक्षी दलहरुले मोर्चाबन्दी गर्दै मदन भण्डारी फाउन्डेसनलाई सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँ रोक्नुपर्ने र विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने माग राख्दै लगातार अवरोध गरेका थिए ।

विपक्षीको अवरोधका कारण सरकारले हतारहतार प्रदेशसभा अधिवेशन नै अन्त्य गरेको थियो । असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारले विपक्षी दलहरुको मोर्चाबन्दीको अवस्थामा पनि प्रदेशसभा बैठक आह्वान गरेको हो । बजेट ल्याउनुभन्दा १५ दिन अगाडि बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने भएका कारण प्रदेशसभा आह्वान गरिएको हो । कोरोना महामारी कारण सांसदहरुलाई प्रदेशसभाभित्र एन्टिजेन परीक्षण गरेरमात्र प्रवेश गराइएको थियो । सांसदहरुलाई प्रदेशसभाको दुई स्थानमा राखेर बैठक सञ्चालन गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

आज नीति तथा कार्यक्रम

आजबाटबाट बागमती प्रदेशमा नीति तथा कार्यक्रमको बारेमा छलफल हुने भएको छ। आज प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नीति तथा कार्यक्रम पेश गर्दैछन् । प्रदेशसभामा विपक्षी गठबन्धनको अवरोध नहुने हो भने आजबाट संसदमा आगामी आर्थिक वर्षको बजेटको लागि नीति तथा कार्यक्रममा छलफल हुन्छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया