बोस्टन कलेजमा इन्क्युवेशनको दोस्रो सत्र सुरू

अन‌ि यो पनि

चितवन । चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजको इन्क्युवेशन विभाग, बिआइसी स्टार्टअप्सद्वारा उद्यमी विकास कार्यक्रमको दोस्रो सत्र सुरू गरेको छ ।

सो कार्यक्रममा बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्द, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, स्किल ल्याबका संस्थापक निर्देशक नन्दकिशोर मण्डल एवम् बिआइसी स्टार्टअप्सका प्रमुख प्रेम गैरेले मन्तव्य व्यक्त गरेका थिए ।

बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले सरकारबाट उद्यमीहरुलाई बिज पुँजी ऋण, प्रमाणपत्र धितो राखेर पाइने सहुलियतपूर्ण कर्जा, एकद्वार प्रणालीमार्फत व्यवसाय दर्तालगायतका कार्यक्रमहरु समावेश गरिएकाले सहभागीहरुलाई थप उत्साहित भएर उद्यम कर्ममा लाग्न प्रेरित गरे ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बजेट भाषणमा केही सकारात्मक कुरा आएको र चितवन उद्योग संघले थप समीक्षा गर्ने बताए । उद्योग सुरू गर्दा कसरी दर्ता गर्ने, के–कस्ता व्यवसाय गर्नेलगायतका कुरामा अहिले पनि परामर्श गर्दै आएको उनले बताए ।

स्किल ल्याबका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले सहभागीलाई उद्यमशीलताको यात्रामा लागेकोमा बधाई दिँदै आफू एकदमै उत्साही भएको बताए । उद्यमशीलताको यात्रा निकै नै चुनौतीपूर्ण भएकोेले नै इन्क्युवेशनको महत्त्व झनै बढ्दै गएको र त्यसमा स्किल ल्याब डटेर काम गर्न प्रतिबद्ध रहेको बताए ।

चितवनलाई नेपालकै एक उद्यमशील जिल्लाको रूपमा विकास गर्ने भिजनका साथ काम गरिरहेको बिआइसी स्टार्टअप्सका प्रमुख प्रेम गैरेले बताए । उनले सेप्टम्बरमा डेमो डे कार्यक्रम सञ्चालन गर्ने गरी इन्क्युवेशनको दोस्रो सत्र सुरू गरिएको जानकारी दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया