निषेधाज्ञामा पनि रोकिएन रङ्गशाला निर्माणको काम

अन‌ि यो पनि

रामपुर । कोभिड–१९ को नयाँ भेरियन्टको महामारीका कारण जारी निषेधाज्ञाका बीचमा पनि रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य रोकिएको छैन । जनस्वास्थ्यका सबै मापदण्ड अवलम्बन गरी रङ्गशाला निर्माण अभियानमा जनशक्ति निरन्तर खटिइरहेका छन् ।

अहिले पनि १०१ जना कामदारले रङ्गशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेकोे ‘धुर्मुस–सुन्तली फाउन्डेसन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ बताउँछन् । बन्दै गरेको रङ्गशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि आकार लिइसकेको बताउँदै उनले यही गतिमा काम अघि बढ्दा अबको एक वर्षमा रङ्गशाला तयार भइसक्ने दाबी गरे । अहिलेसम्म रङ्गशालाको मैदानको काम ९० प्रतिशत सकिएको र प्यारापिटको काम पनि ३० प्रतिशत सकिएको उनले बताए ।

रङ्गशालामा अहिले स्ट्याण्ड ए र बी २८६ वटा पिल्लर उठिसकेका छन् । निर्माणाधीन संरचनाको पूर्व र पश्चिमपट्टि १५–१५ हजार दर्शक क्षमताको साधारण प्यारापिटको पिलर उठाउने काम भइरहेको छ । उत्तर र दक्षिणपट्टि भिआइपी प्यारापिटको जग ढलानको काम सुरू भएको छ । ७५ मिटर रेडियसको मैदानमा सात वटा पिच हुनेछन् । प्लिन्थ बिममाथिको पिल्लरको ढलान हुँदै छ  । ७५ मिटर रेडियसको मैदानमा सात वटा पिच हुनेछन् । प्यारापिटमा ३६८ वटा पिल्लर रहने छ ।

तीन हजार दर्शक बसेर हेर्न मिल्ने पहिलो चरणको प्यारापिट तयार हुँदैछ । खेलमैदानमा दुबो रोप्नेबाहेकका अरु सबै काम पूरा भएका छन् । समग्र संरचनाको ३० प्रतिशत काम भइसकेको र अभावका बीच पनि छोटो समयमा धेरै काम भएको उनले बताए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...