चितवनका सात पालिकाले पाए चार अर्ब बढी अनुदान

अन‌ि यो पनि

भरतपुर, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि छुट्याएको अन्तरसरकारी वित्तीय हस्तान्तरणको रकम बाँडफाँड गरेको       छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गतको तीन खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ अनुदान सात प्रदेश र ७५३ वटा स्थानीय तहहरुलाई रकम बाँडफाँड गरिएको हो।

बागमती प्रदेशले १४ अर्ब ७२ करोड ६८ लाख र चितवनका सात पालिकाले चार अर्ब ३० करोड सात लाख रुपैयाँ अनुदान पाएका छन्। भरतपुर महानगरले एक अर्ब ६४ करोड २८ लाख, चार पालिकाले दुई अर्ब २९ करोड ८२ लाख र इच्छाकामना गाउँपालिकाले ३५ करोड ९७ लाख रुपैयाँ पाएका छन्।

भरतपुर महानगरपालिकाले चालुतर्फ एक अर्ब ५५ करोड ८० लाख र पुँजीगत आठ करोड ४८ लाख गरी जम्मा एक अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये समानीकरण अनुदान ४९ करोड ५५ लाख, सशर्त अनुदान एक अर्ब १२ करोड २४ लाख र विशेष अनुदान दुई करोड ४९ लाख रुपैयाँ रहेको छ ।

रत्ननगर नगरपालिकाले चालुतर्फ ४९ करोड ३४ लाख र पुँजीगत तीन करोड ७९ लाख गरी जम्मा ५३ करोड १३ लाख रुपैयाँ अनुदान
पाएको छ । जसमा समानीकरण अनुदान १९ करोड ९३ लाख, सशर्त अनुदान ३२ करोड ३८ लाख र समपुरक अनुदान ८२ लाख रुपैयाँ पाएको छ ।

राप्ती नगरपालिकाले चालुतर्फ४६ करोड तीन लाख र पुँजीगत दुई करोड ९४ लाख गरी जम्मा ४८ करोड ९७ लाख रुपैयाँ अनुदान
पाएको छ । जसमा समानीकरण अनुदान १७ करोड ४५ लाख र सशर्त अनुदान ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

माडी नगरपालिकाले चालुतर्फ ४० करोड ३१ लाख र पुँजीगत पाँच करोड सात लाख गरी जम्मा ४५ करोड ३८ लाख रुपैयाँ अनुदान
पाएको छ । जसमा समानीकरण अनुदान १३ करोड १४ लाख, सशर्त अनुदान ३१ करोड ४१ लाख र विशेष. अनुदान ८३ लाख रुपैयाँ रहेको छ ।

खैरहनी नगरपालिकाले चालुतर्फ ३८ करोड ६४ लाख र पुँजीगत तीन करोड ४९ लाख गरी जम्मा ४२ करोड १३ लाख रुपैयाँ अनुदान
पाएको छ । जसमा समानीकरण अनुदान १७ करोड २० लाख, सशर्त अनुदान २३ करोड ६८ लाख र विशेष अनुदान एक करोड २५ लाख रुपैयाँ रहेको छ ।

कालिका नगरपालिकाले चालुतर्फ ३६ करोड १२ लाख र पुँजीगत चार करोड ९ लाख गरी जम्मा ४० करोड २१ लाख रुपैयाँ अनुदान
पाएको छ । जसमा समानीकरण अनुदान १४ करोड ६९ लाख, सशर्त अनुदान २४ करोड सात लाख र समपुरक अनुदान १ करोड ४५
लाख रूपैयाँ प्राप्त गरेको छ ।

एकमात्र गाउँपालिका इच्छाकामनाले चालुतर्फ ३२ करोड १६ लाख र पुँजीगत तीन करोड ८१ लाख गरी जम्मा ३५ करोड ९७ लाख
रुपैयाँ अनुदान पाएको छ । जसमा समानीकरण अनुदान १० करोड ५५ लाख, सशर्त अनुदान २३ करोड ७६ लाख र विशेष अनुदान एक करोड ६६ लाख रुपैयाँ रहेको छ ।

गत वर्षमा भन्दा कति बढी
चालू आर्थिक वर्ष २०७७/७८ मा भन्दा आगामी आवको लागि भरतपुरले आठ करोड २३ लाख, रत्ननगरले एक करोड ५० लाख, राप्तीले दुई करोड ९८ लाख, माडीले दुई करोड सात लाख, खैरहनीले पाँच करोड ३५ लाख, कालिकाले तीन करोड १८ लाख र इच्छाकामनाले चार करोड ९६ लाख रूपैयाँ बढी अनुदान पाएका छन्।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया