‘महिनावारीसम्बन्धी गलत भ्रम चिर्न आवश्यक’

अन‌ि यो पनि

खैरहनी । महिनावारी सामान्य प्रक्रिया भए पनि समाजमा अझै पनि छुवाछूत कायमै छ । यो बेला मन्दिरमा जान नहुने, पूजाआजामा सहभागी हुन नहुने, भान्सामा छुन नहुने चलन समाजमा विद्यमान छ । यो प्रथालाई अन्त्य गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ ।

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस २०२१ को अवसरमा खैरहनी नगरपालिका स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको अन्तक्र्रियामा सहभागीहरुले महिनावारी अन्त्य गर्नुपर्ने जिकिर गरेका हुन् ।

खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले महिनावारीका बेला पुरुषले छुन नहुने धारणा अझै कायमै रहेकाले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताइन् । ‘महिनावारी सामान्य प्रक्रिया हो’, उनले भनिन्, ‘महिनावारीकै कारण छुन नहुने चलनको अन्त्य गर्नुपर्छ ।’

नगरपालिकाकी नर्सिङ अधिकृत पूजा गिरीले महिनावारीका बेला खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । महिनावारीमा रगत धेरै बग्दा महिलाको स्वास्थ्य कमजोर बन्ने भएकाले यस्तो बेला पौष्टिक खानेकुरा र सरसफाइमा ध्यान दिन जरूरी हुने उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी र नर्सिङ अधिकृत गिरीले महिनावारीका बेला आवश्यक पर्ने खानेकुरा, सरसफाइ, विद्यमान अवस्थाका बारे जानकारी गराएका थिए । कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा भएको हो । नेपालमा हरेक मे महिनाको २८ तारिखका दिन महिनावारी स्वच्छता दिवस मनाउने गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया