पहिरोले रजहर खानेपानीको पाइप बगायो

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीको रजहरस्थित रजहर खानेपानीको पाइप पहिरोले बगाएको छ । निरन्तर वर्षाका कारण पहिरोले खानेपानीको मुहानको मुख्य पाइपमा क्षति भएको हो ।

पहिरोले देवचुली–१७, तुरतुरेमा ३०० मिटर पाइप बगाएर झराही खोलामा पु¥याएको रजहर खानेपानीका अध्यक्ष गंगाबहादुर थापाले बताए ।

पाइप मर्मत गर्न अझै एक साता लाग्ने र सोमबारबाट मर्मत थालिने अध्यक्ष थापाले बताए ।

साबिक रजहर गाविस अथात् हालको देवचुली नगरपालिका १६ र १७ का २६ सय घरधुरी उपभोक्ताले रजहर खानेपानीबाट शुद्धपानी पिउँदै आएका थिए ।

पाइप बगाएपछि दुई वटा बोरिङ चौबीसैघन्टा चलाएर १० घन्टामात्र पानी वितरण गर्ने गरेको अध्यक्ष थापाले बताए

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया