भरतपुर । चितवन जगतपुरका म्यानपावर एजेण्ट हरिकुमार खातीको अपहरणमा संलग्न भएको आरोप लागेकाहरुलाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।
चितवन प्रहरी प्रवक्ता डीएसपी शान्तिराज कोइरालाका अनुसार अपहरणस्थल गौशाला भएकाले अपहरणमा संलग्न आरोपीहरुसँग प्रारम्भिक बयान लिई शुक्रबार नै काठमाडौं पठाइएको हो । आरोपीहरु बुटवलका प्रकाश न्यौपाने, कावासोतीका खेमानन्द पाण्डे, विकास सापकोटा र विशाल सापकोटालाई थप अनुसन्धानका लागि मिसिलसहित पठाइएको कोइरालाले बताउनुभयो ।
Discussion about this post