कावासोतीमा दुईसहित नवलपुरमा थप तीन जनाको मृत्यु

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीमा पछिल्लो २४ घन्टामा तीन जना सङ्क्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार कावासोतीका दुई जना र गैँडाकोटका एक जना गरी तीन जनाको निधन भएको हो ।

योसहित नवलपुरमा कोरोनाको दोस्रो लहर सुरू भएयता ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ भने अहिलेसम्म नवलपुरका ७७ जना सङ्क्रमितले ज्यान गुमाइ सकेका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोती–३ निवासी ५६ वर्षीया महिलाको आइतबार बिहान ९ः१० बजे मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जेठ ९ गते मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना पोजेटिभ देखिएकी ती महिला ११ गते चितवन मेडिकल कलेजमा उपचारपश्चात् घर फर्किएकी थिइन् ।

उनको स्वास्थ्यमा थप समस्या आएपछि शनिबार राति मध्यविन्दु जिल्ला अस्पताल भर्ना गरिएकोमा आइतबार बिहान निधन भएको हो ।

त्यसैगरी, कावासोती–८ निवासी ४१ वर्षीय पुरूषका पनि कोरोनाको कारण ज्यान गएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार उनको निधन भएको हो ।

त्यसैगरी, गैँडाकोट–१७ निवासी ६० वर्षीया कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा शनिबार साँझ निधन भएको हो ।

जेठ १० गते कोरोना पोजेटिभ देखिएको उनको चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको हो । नवलपुरमा अझै एक हजार बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया