लागूऔषधसहित दुई युवक पक्राउ

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीमा आइतबार दुई युवकलाई नवलपुर प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

आइतबार पूर्व–पश्चिम राजमार्गको मध्यविन्दु–१५ स्थित गोडार खोलामा प्रहरीले चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको युपी–५६ डब्लु २७०४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, बर्दघाट निवासी २८ वर्षीय मानबहादुर परियार र २८ वर्षीय कृष्ण सारुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ओनेरेक्स १०० एमएलको  १३५ सिसी, डाइजेपाम ५२ एम्पुल, फेनारागन ५६ एम्पुल र नुफिन ५२ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया