युवाको सक्रियतामा खाद्य सामग्री सहयोग

अन‌ि यो पनि

रत्ननगर, १६ जेठ । कोभिड–१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको परिपेक्ष्यमा बन्दाबन्दीको समयमा अभाव झेलिरहेका एकसय घरधुरीलाई खाद्य सामग्री वितरण गरिएको छ ।

खैरहनी नगरपालिका वडा नं १३ का स्थानीय युवाहरु विजय बोहरा, अशोक उदास, विकास दुवाडी, रञ्जन भण्डारी, देवराज नेपाल, नारायण अर्याल, राहुल शर्मा, किसन ढकाल, बुद्धिलाल श्रेष्ठ, गौतम अधिकारी, नसिब दाहाललगायतको सक्रियतामा हर्नरी बैरिया र गवैका अतिविपन्न, अशक्त र अपाङ्गता भएकाहरुलाई खाद्य सामग्री सहयोग गरिएको हो ।

युवाहरुको सक्रियतामा संकलित रकमबाट स्थानीय एकसय घरधुरीलाई प्रतिपरिवार एक बोरा चामल, दाल, नुन, तेल र साबुन वितरण गरिएको सञ्चारकर्मी सञ्जय दुवाडीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया