पूर्वी चितवनका दुई अस्पताललाई स्वास्थ्य सामग्री

अन‌ि यो पनि

रत्ननगर, १६ जेठ । सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीले पूर्वी चितवनका दुई वटा नगरस्तरीय अस्पताललाई पिपिईसहित स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

कालिका नगरपालिकामा रहेको कालिका नगर अस्पताल र राप्ती नगरपालिकामा रहेको भण्डारा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । कालिका नगर अस्पताललाई ५० वटा पिपिईसहित मास्क, सेनिटाइजर, ग्लोब्स र भण्डारा अस्पताललाई ४० वटा पिपिईसहित अक्सिमिटर, मास्क, सेनिटाइजर, ग्लोब्स प्रदान गरिएको केन्द्रका व्यवस्थापक दीपेन्द्र खरेलले जानकारी दिए ।

कालिकामा आयोजित कार्यक्रममा केन्द्रका कोषाध्यक्ष गुणराज थपलिया र सदस्य भगवती थापाले मेयर खुमनारायण श्रेष्ठलाई र भण्डारामा आयोजित कार्यक्रममा केन्द्रका कोषाध्यक्ष गुणराज थपलिया र व्यवस्थापक खरेलले राप्तीकी मेयर प्रभा वराललाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

कालिकाका मेयर श्रेष्ठले सबैको सहयोग र सहकार्यबाट मात्र कोरोना महामारीलाई जित्न सकिने भन्दै त्यसमा नगरपालिका प्रत्यनशील रहेको बताए । राप्तीकी मेयर बरालले नगरवासीको स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि अधिकतम प्रयास गरिरहेको बताइन् ।

केन्द्रका कोषाध्यक्ष थपलियाले पूर्वी चितवनका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्ने योजनाअनुरुप यसअघि रत्ननगर अस्पताल र बछौली स्वास्थ्यचौकीलाई सामग्री हस्तान्तरण गरिसकेको र बाँकी स्वास्थ्य संस्थालाई पनि सामग्री प्रदान गरिने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...