पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना, चारको मृत्यु

अन‌ि यो पनि

चितवन १६ जेठ । गएको २४ घण्टामा चितवनमा ५९ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर महानगरपालिकाका ४० जना, रत्ननगर नगरपालिकाका ११ जना, माडी नगरपालिकाका पाँचजना र खैरहनी, राप्ती र कालिका नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार थपिएका ५९ जनासहित चितवन जिल्लामा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५२८ पुगेको छ। तीमध्ये चार हजार ८१८ जना सक्रिय संक्रमितको विभिन्न माध्यमबाट उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। सक्रिय संक्रमितमध्येमा पनि १६६ जना अस्पताल भर्ना भएका छन्। २० जना स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा छन् भने बाँकी चार हजार ६३२ जना भने होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

चारको मृत्यु

चितवन जिल्लामा पछिल्लो २४ घण्टामा चारजना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा दुईजना, चितवन मेडिकल कलेज र भरतपुर महानगरपालिकाको होम आइसोलेसनमा एक/एक जनाको मृत्यु भएको हो। आइतबार मृत्यु भएका चार जनासहित चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१८ पुगेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...