चितवनका उद्योगी व्यवसायीले भने– सकारात्मक बजेट आयो, कार्यान्वयनमा शंका

अन‌ि यो पनि

भरतपुर । चितवनका उद्योगी व्यवसायीले यस पटकको बजेटले सबै क्षेत्रलाई छोएको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा चितवनका उद्योगी व्यवसायीहरुले बजेट समय सान्र्दभिक आए पनि कार्यान्वयनमा चुनौती रहेको बताए ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले बजेट सकारात्मक आएको देखिए पनि कार्यान्वयन गर्न चुनौती रहेको बताए । उनले भने, ‘बजेट सुन्नमा, हेर्नमा अत्यन्तै राम्रो देखिन्छ तर, यसको कार्यान्वयनमा हुनेमा शंका छ ।’ उनले चुनावी नाराजस्तो बजेट आएको बताए । उद्योण वाणिज्य महासंघका वागमती प्रदेशका सदस्यसमेत रहेका प्रधानले भने, ‘समग्रमा बजेटमा धेरै राम्रा पक्ष छन्, उद्योगी व्यवसायीलाई उत्साहित पार्ने खालको नै छ ।’

उद्योग संघ चितवनका पूर्वअध्यक्ष भेषराज दवाडीले बजेटमा धेरै कुरा समेट्न खोजेको देखिए पनि कार्यान्वयनमा धेरै समस्या छ । उनले भने, ‘बजेटमा धेरै असम्भव कुरा राखिएको छ, जुन कार्यान्वयन हुन सक्ने देखिदैन ।’ उनले सरकारले बोलेको कुरा पुगेमात्र बजेट सकारात्मक हुने तर नपुगे बजेट चुनाव लक्षितमात्र हुने बताए ।

उनले भने, ‘राजस्व संकलनदेखि प्रतिव्यक्ति आयको कुरा सरकारले जे भनेको छ, त्यो असम्भव छ ।’ पर्यटन उद्योगीहरुको लागि बजेट सकारात्मक नरहेको बताए । उनले भने, ‘अन्य व्यवसाय खुलेपछि कमाइ हुन थाल्छ, तर पर्यटन व्यवसाय उठ्न तीन÷चार वर्ष लाग्छ, यसका लाई खोई राहतका व्याकेज ?’ उनले अहिलेको अवस्थामा १० खर्ब २४ अर्ब राजश्व सङ्कलन गर्न सम्भावना नभएको बताए ।

होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले बर्सेनि बजेट राम्रै आइरहेको तर कार्यान्वयन हुन नसक्ने बताए । उनले भने, ‘गत वर्ष पनि होटल व्यवसायीहरुलाई सहुलियत कर्जा, पुनकर्जा दिने भनियो, कार्यान्वयन नै भएन, अहिले पनि कार्यान्यन हुनेमा शंका देखिन्छ ।’ उनले यस पटकको बजेटमा चितवन प्राथमिकतामा परेको हुनाले चितवनवासी खुसी हुनुपर्ने बताए ।

उनले भने, ‘नारायणीमा जलमार्ग, देवघाट क्षेत्रको विकास, भरतपुर विमानस्थलको विस्तारलगायत चितवनको लागि धेरै कुरा बजेटमा समेटिएको छ, तर कार्यान्वयनमा चुनौतीपूर्ण देखिन्छ ।’चितवनका उद्योगी व्यवसायीहरुले चलिरहेका उद्योगलाई बजेटले सम्बोधन गरे पनि बन्द भएकालाई सम्बोधन हुन नसकेको गुनासो गरेका छन् ।

उनीहरुले राजश्वमा छुटैछुट दिएपछि लक्ष्यअनुसार राजश्व उठ्न नसक्ने बताएका छन् । बजेटले समग्र क्षेत्रलाई समेट्नु सकारात्मक भए पनि कार्यान्वयनमा धेरै नै चुनौती रहेको उनीहरुको ठम्माइ छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया