भरतपुर । कृष्ण अधिकारी हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका थप दुई जना शुक्रबार चितवन जिल्ला अदालतमा हाजिर भएका छन् ।
हाजिर हुनेमा फुजेलका सीता अधिकारी र विष्णुप्रसाद तिवारी रहेका छन् । अधिकारी शुद्ध तारेखमा र तिवारी बीस हजार धरौटीमा रिहा भएका छन् । गत बिहीबार तीनजना हाजिर भएका थिए । हालसम्म कुल आठजना हाजिर भएको अदालतका नासु जयनारायण आचार्यले बताउनुभयो ।
Discussion about this post