ग्यास पड्किँदा आगलागी, आमा छोरी घाइते

अन‌ि यो पनि

भरतपुर , १६ जेठ। भरतपुर – १० स्यालीबजारमा आइतबार बिहान करिब १० बजे भान्सामा रहेको ग्यास चुहावट भएर आगलागी हुँदा आमा छोरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय शर्मिला आचार्य र १६ वर्षीय छोरी आयुष्मा आचार्य छन् । घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले   बताए ।

खाना बनाउने क्रममा ग्यासबाट आगलागी भएर ग्यास सिलिन्डर समेत पड्केको थियो। आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनका साथै घरमा अन्य भागहरुमा समेत क्षति पुगेको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया