रत्ननगर । नगरपालिकामा सहरी शासनविज्ञ र आईसीटी स्वयम्सेवक कार्यालयमा नियुक्त गरी दबाममूलक तरिकाले हाजिर गराउने काम गरेको भन्दै रत्ननगर नगरपालिकाका कर्मचारीहरु अन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनको कार्यक्रमअन्तर्गत नगरपालिकाका कर्मचारीले यही साउन १८, १९ र २० गते कार्यालय बन्द गर्ने जनाएका छन् । नेपाल नगरपालिका कर्मचारी एसोसियसन इकाइ समितिले शुक्रबार विज्ञप्ति जारी गरी कार्यालय बन्द गर्ने जनाएको छ ।
इकाइ समितिकी कार्यवाहक अध्यक्ष उर्मिला तामाङ दाहालले जारी गरेको विज्ञप्तिमा सहरी शासनविज्ञ र आईसीटी स्वयम्सेवकलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्य फिर्ता लिन माग गरिएको छ । कार्यालय बन्द हुँदा पर्न जाने असुविधाप्रति इकाइ समितिले क्षमासमेत मागेको छ ।
Discussion about this post