आफ्नो बोझलाई हलुको बनाउनुहोस् !

अन‌ि यो पनि

सबै मानिसले यो संसारमा गह्रुँगो भारी बोकेका छन् । मानिसमा बढी बोझ परेपछि अर्थात् ऊ बोझिलो हुन थालेपछि दुःखी हुन्छ । जब यति धेरै भारलाई यो काँधमा, यो गर्दनमा बोकेर उचाल्नुपर्ने हुन्छ तब सहन सकिँदैन । त्यसकारण दुःख हुन्छ । सबैलाई यस्तै भइरहेको छ ।
एउटा कथा छ । एकजना मानिस थिए । उनी आफ्नो घरका कारण हैरान भएका थिए । त्यस घरमा यति धेरै सामान थियो जहाँ पाइलो राख्ने ठाउँ पनि थिएन । एकदिन उनी त्यही आफ्नो समस्या सुल्झाउने उपायको खोजीमा गाउँका एकजना विद्वान् व्यक्तिकहाँ गए । उनले आफ्नो समस्या राखे– “मेरो एकदमै राम्रो अनि ठूलो घर छ तर के भयो भने अहिले त्यस घरमा पाइलो राख्ने ठाउँसमेत छैन ।”

विद्वान् मानिसले सोधे, “घरबाहिर अरू पनि केही छन् त तपाईंसँग ?”
त्यसपछि उनी भन्छन्, “हजुर ! केही हाँस पालेर राखेको छु । तिनलाई बाहिर राखेको छु ।”
उनले भने, “तिनलाई आफ्नो घरभित्र ल्याएर राख्नुहोस् !”
त्यसपछि उनले हाँसलाई आफ्नो घरभित्र ल्याए । एक हप्तापछि उनी गएर फेरि भने “हजुर ! अहिले त समस्या अभैm बढ्यो । पहिला त अलिअलि पाइलो राख्ने ठाउँ थियो । अब त त्यो पनि बाँकी रहेन । जुन अलिकति खाली ठाउँ थियो त्यसलाई पनि हाँसहरुले ओगटिदिए ।”
विद्वान् मानिसले भने, “अरू केही छ तपाईंसँग ?”
उनले भने, “हजुर ! केही बाख्राहरू छन् !”
त्यसपछि भने, “तिनलाई पनि भित्र राखिदिनुहोस् अनि एकहप्तापछि फेरि आउनुहोस् ।”
एकहप्तापछि उनी फेरि भेट्न गए । भने, “हजुर ! अब त अभैm धेरै खराब स्थिति भयो । अब त श्वास लिनका लागि पनि घरमा ठाउँ बाँकी रहेन ।”
विद्वान् व्यक्तिले फेरि सोधे, “अरु केही छन् त तपाईंसँग ?”
जवाफ फर्काए, “हो ! दुई–तीनओटा गाई छन् ।”

उनले भने, “तिनलाई पनि भित्र राखिदिनू अनि हप्तादिनपछि फेरि आउनू ।”

एकहप्तापछि उनी फेरि आए । एकदम क्रोधित मुद्रामा भने, “हजुर ! तपाईं कस्तो बुद्धिमान् मान्छे हो ! मेरो घरमा यसो अलिअलि खाली ठाउँ थियो । म तपाईंसँग मद्दत माग्नका लागि आएको थिएँ तर तपाईंले त मेरो घरलाई अभैm धेरै खराब बनाइदिनुभयो !”
विद्वान् व्यक्तिले भने, “अब ती हाँस, बाख्रा, गाईहरु सबैलाई बाहिर निकालिदिनू अनि त्यसपछि मकहाँ आउनू ।”

उनले आफ्नो घरबाट सबै हाँस, बाख्रा अनि गाईहरुलाई घरबाट बाहिर निकालिदिए । अर्को दिन खुसी हुँदै आएर विद्वान् मानिससँग भने “अब त मेरो घरमा यति धेरै ठाउँ भयो कि कुरै नगरौँ !”

त फेरिएको केही पनि छैन । उनले केही यस्तो गरिदिए वा त्यस्तो गरिदिए भन्ने पनि केही थिएन ।

हामीसँग पनि यस्तै अवस्था हुन्छ । हामी जहाँ जान्छौँ त्यहाँ बोझ बोकेर हिँड्छौँ । अनि, यस्ता–यस्ता चीजहरुको बोझ बोक्छौँ जसको कुनै तुक नै हुँदैन ।

बोझलाई बिसाउनुहोस् अनि अघि बढ्नुहोस् ! नयाँ चीजतर्पm ध्यान दिनुहोस् । यो जीवनमा हेर्नका लागि धेरै कुराहरू छन् । त्यो बाटो बाहिरतिर जाँदैन त्यो त भित्रतिर जान्छ अनि भित्र आनन्द छ ।

मानिसको स्वतन्त्रता उसको सन्तुष्टिमा निर्भर रहन्छ । जब मानिसमा भित्र स्वतन्त्रता हुन्छ तब त्यो उसको अनुहारमा प्रदर्शित हुन्छ । हामीले एउटा बच्चालाई हे¥यौँ भने ऊ प्यारो लाग्छ । ऊ प्यारो अनि राम्रो लाग्नुको कारण के हो भने त्यस बच्चाको सुन्दरता उसको सन्तुष्टिमा हुन्छ । अनि, यो संसारको बोझ उसको काँधमा थोपरिएको हुँदैन । अहिले उसको अनुहारमा स्वतन्त्रताको झलक चम्किएको हुन्छ अनि त्यो स्वतन्त्रता भित्रबाट आउँछ ।

एउटा लघुकथा छ । एकजना जवान व्यक्ति थिए । उनी स्नातक गरिसकेपछि आफ्नो घरतिर गइरहेका थिए । उनले बाटामा एकजना निकै वृद्ध मानिसलाई हिँडिरहेको देखे । उनको काँधमा दाउराको एकदमै ठूलो भारी थियो । बोझका कारण उनको गर्दन भुइँतिर झुकिरहेको थियो । त्यसपछि ती नवयुवकले वृद्ध मानिसलाई देखेपछि उनीसँग केही शिक्षा प्राप्त गर्नु आवश्यक ठाने । ती वृद्ध मानिसका छेउमा गएर उनीसँग सोधे, “हजुरबा ! तपाईंले आफ्नो जीवनमा धेरै समयदेखि विभिन्न अनुभव बटुल्नु भएको छ । म आफ्नो जीवनको नयाँ सुरुवाती चरणमा छु । के तपाईं मलाई केही शिक्षा दिन सक्नुहुन्छ ? के कुनै यस्तो कुरा होला जसबाट म यो संसारमा केही राम्रो काम गर्न सकूँ ?”

ती झुकेका वृद्ध मानिस टक्क अडिए अनि उनले आफ्नो बोझलाई तल राखे । त्यसपछि सीधा भएर उभिए । उनले ती नवयुवकतिर पुलुक्क नजर लगाए अनि फेरि त्यो बोझलाई आफ्नो काँधमा राखेर निहुरिँदै आफ्नो बाटो लागे ।

अर्थात्, ती वृद्ध मानिसले के सङ्केत गरिरहेका थिए भने यो जुन बोझ हामी आफ्नो काँधमा राख्छौँ त्यसलाई यो संसारमा हामीले नै बनाएका हौँ । यो बोझलाई तल राख्यौँ भने हामी पनि उभिन सक्छौँ । तर, यदि यो बोझलाई बोकेर हिँडिरह्यौँ भने जीवनभरि नै हामीले निहुरिएर हिँड्नुपर्ने हुन्छ । बोझलाई तल राख्नासाथ सबै ठीक हुनेछ भन्ने जान्दाजान्दै पनि हामी त्यो बोझलाई आफ्नो काँधमा लिएर हिँडिरहेका छौँ ।

यदि मानिस आफ्नो समस्या र शङ्काको बोझबाट थिचिएको छ भने बाहिर जति नै स्वतन्त्र भएको नाटक गरे पनि उसको अनुहारमा त्यो कुरा झल्किँदैन । जब मानिसले आफ्नो जीवनमा अन्य सारा चीजलाई भुलेर त्यो सुन्दरता, स्वतन्त्रता अनि शान्तिलाई स्वीकार गर्न थाल्नेछ तब त्यसको प्रकाश, त्यसको चमक त हुन्छ नि ! त्यो चमक अनुहारमा प्रकट हुन थाल्छ ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] लाई प्रयोग गर्न सक्नुहुनेछ ।)

प्रतिकृया

मुख्य समाचार

विराट मेडिकल ट्रष्टले दियो स्थानीय तहलाई स्वास्थ्य सामग्री

–कुलप्रसाद काफ्ले भरतपुर । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि विराट नेपाल मेडिकल ट्रष्टले चितवनका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया