देवचुलीका १४ सय घर फोहोर पानी पिउन बाध्य

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेका १४ सय घरका उपभोक्ताले फोहोर पानी पिउन बाध्य भएका छन् ।

देवचुली नगरपालिका वडा नं ७, ८, ९ का बासिन्दाले फोहोर पानी पिउन बाध्य भएका हुन् । दुई/तीन दिनको निरन्तर वर्षाका कारण देउसोत खोला बढेसँगै धमिलो पानी खानुपरेको स्थानीयको गुनासो रहेको छ ।

देवचुली खानेपानी आयोजनाका १४ सय उपभोक्तालाई मूलपानीबाट दिइएको पानी अभाव भएपछि सोझै खोलाको पानी मिसाइएको थियो ।

देवचुली खानेपानीका अध्यक्ष भूमिश्वरा आलेले खोलामा बाढी आएपछि धारामा पनि धमिलो पानी आएको बताइन् । खोलाको पानी सफा नभएसम्म यहाँका १४ सय बासिन्दाले फोहोर पानी पिउन बाध्य हुनेछन् ।

वडाले बाँड्यो पानी

देवचुली नगरपालिका वडा नं ९ ले शनिबार बिहान दुई ट्याङ्कर खानेपानी स्थानीयलाई वितरण गरेको छ ।

देवचुली खानेपानीमा खोलाको भलपानी पसेर धारामा फोहोर पानी आएपछि मिलनटोलका बासिन्दालाई पिउने र खाना पकाउने पानीको अभाव भएकोले प्रगतिनगर खानेपानीसँग सहकार्य गरेर घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष मेखबहादुर थापा सारू मगरले बताए ।

देवचुली नगरपालिका वडा नं ९ मा पर्ने मिलनटोलका २२० घरधुरी उपभोक्तालाई वडाध्यक्ष सारू मगरको पहलमा शुद्ध पानी वितरण गरिएको हो ।

प्रतिकृया

मुख्य समाचार

परीक्षण कम हुँदा सङ्क्रमितको संख्या घट्दो, १२८ सङ्क्रमित थपिए, ९३ सङ्क्रमणमुक्त

भरतपुर । चितवनमा पछिल्लो हप्ता कोरोनाको परीक्षण कम भएको देखिन्छ । जेठ ३१ गते ७५० जनाको परीक्षण भएकोमा त्यसपछि...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया