मध्यविन्दु अस्पताललाई डिस्पेन्सर सहयोग

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई शनिबार तीन थान वाटर डिस्पेन्सर र ४७ हजार रूपैयाँ नगद हस्तान्तरण गरिएको छ ।

कावासोती–३ का वडाध्यक्ष अमृत श्रेष्ठको पहलमा संकलित उक्त सहयोग जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो । कावासोती–३ निवासी उषा देवकोटाले २ थान र कावासोती–३ निवासी रूद्र अधिकारीले १ थान वाटर डिस्पेन्सर सहयोग गरेका थिए ।

त्यसैगरी, मध्यविन्दु जिल्ला अस्पतालको अक्सिजन प्लान्ट विस्तारका लागि संकलन भएको ४७ हजार रूपैयाँ पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । कावासोती–२ का माया अधिकारीबाट २५ हजार, कावासोती ८ का तीर्थ अर्यालबाट १५ हजार र कावासोती–३ का राजेन्द्र रेग्मीबाट प्राप्त ७ हजार गरी ४७ हजार रूपैयाँ हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

यसअघि श्रेष्ठले विभिन्न व्यक्तिबाट सङ्कलित २ लाख ४७ हजार ६६ रूपैयाँ पनि अक्सिजन प्लान्ट विस्तारका लागि अस्पताललाई हस्तान्तरण गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया