दुई महिनामै भत्कियो वीरगन्ज–ठोरी हुलाकी सडक

अन‌ि यो पनि

ठोरी । निर्माण पूरा नहुँदै नेपाल सरकारलाई हस्तान्तरण गरिएको वीरगन्ज–ठोरी–माडी हुलाकी सडक दुई महिनामै भत्किन थालेको छ ।
दुई दिनदेखिको अविरल वर्षाका कारण हुलाकी सडकखण्डमा वीरगन्ज–ठोरी हुलाकी सडक सडकअन्तर्गत पर्साको चमरीहोलदेखि ठोरी खण्डमा पर्ने ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा बाटो चिरा परेको हो ।

पुलनजिकै एकातर्फको भाग चिरा परेर भासिन लागेको स्थानीय हीरा श्रेष्ठले जानकारी दिए । ‘हुलाकी निर्माण पूरा भयो भनेर हस्तान्तरण भएको दुई महिना बितेको छ, तर धाँजा फाट्न थालिसकेको छ,’ उनले भने, ‘माटो राम्रोसँग पेलेर माथि पिच गर्नुपर्ने त्यसो गरेको रहेनछ, पानी पर्नेबित्तिकै फाटिएको छ । बाटो नै अवरुद्ध हुने स्थिति छ । निर्माण कम्पनीले छिटो सम्पन्न गर्ने बहानामा हतारमा कमसल काम गरेको उनले आरोपे लगाएका छन् ।

झण्डै १५ मिटरसम्म धाँजा फाटोको उनको भनाइ छ । हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३० किलोमिटर लामो खण्ड निर्माणको ठेक्का बानियाँ/कालिका जेभीले पाएको थियो । २०७४ कात्तिक १३ मा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको काम २०७७ जेठ २ सम्म काम सक्नुपर्ने थियो । लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिना म्याद थपिएको थियो । त्यस अवधिमा पनि ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै सडक हस्तान्तरण गरिएपछि स्थानीयले विरोध गरेका थिए ।

मुआब्जा विवाद, मुआब्जा विवादमा अदालतको स्टे–अर्डर, रूख काट्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिएको र स्थानीयको अवरोधका कारण काम गर्न नसकेको ठेकेदार कम्पनीले बताउँदै आएको छ । ठुटे खोलामा नेपाल र भारतबीचको कुलोका विषयमा विवाद समाधान हुन सकेको छैन ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया